‘अपराध न्यूनीकरणमा जनताको सहयोग अपरिहार्य’

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
samudaek progm

पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले आत्महत्या न्यूनीकरण, लागुऔषध नियन्त्रण र लैंगिक हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ । सेवा केन्द्रका अध्यक्ष मीरादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रम कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्यले उद्घाटन गरे ।

प्रजिअ आचार्यले समाजमा आपराधिक क्रियाकलाप बढ्दै जाँदा अपराध न्यूनीकरण गर्न प्रशासनमात्र पर्याप्त नहुने भएकाले समाजको साथ र सहयोग अपरिहार्य रहेको बताए । युवा पुस्तालाई लागुऔषधको कुलतबाट टाढै राख्न अभिभावको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना बालबालिकाको दैनिक क्रियाकलापलाई निगरानी गर्न उनले आग्रह गरे ।

जिल्ला प्रहरी कर्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जिल्लामा दर्ता हुने मुद्दामध्ये ९० प्रतिशत मुद्दा लागुऔषधसँग सम्बन्धित रहेको सुनाए । थापाले कास्की प्रहरीले लागुधौषध ओसारपसार गर्नेलाई विशष निगरानी र अन्जानमा लागुऔषधमा फसेकालाई सुधार गर्ने अभियान चलाएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले आत्महत्या गर्नेको संख्या बढ्दै गएको उल्लेख गरे । उनले गत वर्षभन्दा यस वर्ष कास्कीमा करिब १४ प्रतिशत आत्महत्याका घटना बढेको बताउँदै आत्महत्या गर्नेमा पुरुषको संख्या बढी रहेको जानकारी दिए ।

मनोरोग विशेषज्ञ डा. राजन शर्माले आत्महत्याका घटना बढ्नुमा मानसिक रोग कारण रहेको बताए । ९० प्रतिशत मानिसहरुले गर्ने आत्महत्या मानसिक रोगबाट हुने गरेको र चिन्ता रोग आत्महत्याको मुख्य कारक रहेको बताए । आत्महत्या न्यूनीकरण गर्न समस्यालाई खुलेर छलफल गर्नुपर्ने र एक अर्कामा समस्या बाँड्दा आत्महत्या गर्ने चाहना घटेर जाने डा. शर्माले बताए ।

अधिवक्ता गीतादेवी लामिछानेले सामाजिक चालचलन र परम्पराबाटै लंैगिक हिंसा सुरु हुने बताइन् । उनले हिंसा न्यूनीकरण गर्न घरघरबाट छोरा र छोरीबीचको विभेद अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

पोखरा १४ वडा सदस्य एवं कार्यपालिका सदस्य यशोधा केसी भट्टराईले वडाले सामाजिक विकास कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको बताइन् । चुलो चौकोमा रहेका महिलालाई यस्ता कार्यक्रममा समेट्नुपर्ने आवश्यकता औंल्याइन् ।

केन्द्रका सदस्य किरण अधिकारीले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै समाजमा आपराधिक घटनाहरु बढ्दै गएको र त्यसलाई न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा सेवा केन्द्र उपाध्यक्ष इन्दिरा पन्त आचार्यले स्वागत र सचिव नेत्रबहादुर तिमिल्सिनाले सञ्चालन गरेका थिए । पोखरा १४ छिनेडाँडामा आयोजना गरिएको कार्यक्रममा स्थानीयको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width