बुद्ध विशाल बजारमा सम्मान तथा बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
buddha bisal

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले अवकाश प्राप्त सुरक्षा कर्मचारीलाई सम्मान तथा बिदाई गरेको छ ।

बिशाल बजारमा बिगत ३६ वर्षदेखि कार्यरत सुरक्षा कर्मचारीहरु वीरबहादुर घले तथा कमशेर गुरुङको बिदाई कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले विशाल बजारमा कार्यरत सुरक्षा कर्मचारीको योगदानलाई आफूहरूले कहिले पनि भुल्न नसक्ने बताए । अध्यक्ष खत्रीले आफ्नो जवानी तथा विशाल बजारलाई आफ्नै घर सम्झी धेरै वर्ष बिताएका इमानदार बुवा समानका सुरक्षा कर्मचारीको योगदानलाई बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले कहिले पनि भुल्न नसक्ने उल्लेख गरे ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका कानुनी सल्लाहकार जगनाथ ढकाल, सल्लाहकारहरु शिव शर्मा, ध्रुवप्रसाद रेग्मी, बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका सचिव तथा सुरक्षा संयोजक राजु केसीले बोलेका थिए ।

अवकास लिएका सुरक्षा कर्मचारीहरू वीरबहादुर घले तथा कमशेर गुरुङलाई दोसल्ला, सम्मानपत्र तथा नगद पैंसठ्ठी हजार तथा सञ्चयकोषको पासबुकसहित बुद्ध विशाल बजार व्यापारिक एसोसियसनले बिदाइ गरेको थियो ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको रिक्त कार्यसमिति सदस्यमा माधव आचार्यलाई मनेनीत गरी बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले सपथ खुवाएका थिए । यसैबीच नववर्ष २०७९ को उपल्यक्षयमा एसोसियसनले प्रकाशित गरेको क्यालेन्डर विमोचनसमेत गरिएको थियो । कार्यक्रममा एसोसियसनका उपाध्यक्ष इन्द्रराज अर्यालले स्वागत र महासचिव बुद्धिबहादुर कुँवरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width