ला ग्रान्डीमा सामाजिक उद्यमशीलता प्रशिक्षण

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
la grande 2

पोखरा । सामाजिक उद्यमशीलता विकासका लागि ला ग्रान्डी इन्टरनेशनल कलेजमा सामाजिक उद्यमशीलता प्रशिक्षण सञ्चालन हुने भएको छ ।

नबिल बैंकको सहकार्यमा गण्डकी प्रदेशका लागि कलेजले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम सुरु गरिएको कलेजका प्रिन्सिपल इ.किरण केसीले जानकारी दिए । सो कार्यक्रमअन्तर्गत वर्षमा ३ महिना अवधिमा ४ वटा प्रशिक्षण सेसन सञ्चालन गरिने छ । साथै प्रशिक्षार्थीलाई सामाजिक उद्यमशीलता र नेतृत्वसँग सम्बन्धित प्रशिक्षण गराई आवश्यकताअनुसार मूल्यांकन गरी वित्तीय सहयोगका लागि समेत बैंकले सहजीकरण गर्ने जनाएको छ ।

सुरुआतमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका कलेजसँग सम्झौता गरेको जनाएको छ । जसमध्ये गण्डकीबाट ला ग्रान्डी छनौट भएको हो । यो कार्यक्रमले वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर सिर्जना गर्ने लक्ष्य रहेको नबिल बैंक गण्डकी प्रदेश प्रमुख सूर्य रोकाले जनाए ।

१८ वर्ष पुगेका हरेक इच्छुक नेपाली नागरिक यो कार्यक्रममा सहभागी हुन सक्ने छन् । कोर्स पूरा गरेको व्यक्तिले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल विकास गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुआत गर्न सक्ने क्षमता विकास हुने अपेक्षा कार्यक्रमले लिएको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने छन् ।

सहभागीले सामाजिक उद्यम सञ्चालनको तरिकासँगै आधारभूत कानुनी तथा करसम्बन्धी ज्ञान पनि पाउने छन् । सहभागीले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापनजस्ता व्यवसाय संचालनका आधारभूत कुराको समेत व्यवहारिक ज्ञान र सीप पाउने छन् ।

कार्यक्रममार्फत निजी, सार्वजनिक, शैक्षिक संस्था र समुदायबीचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने प्रयास गरिएको, दिगो विकास लक्ष्य, नेपालको १५ औं आवधिक योजनालगायत दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्ने दाबी गरिएको छ । साथै सहभागी केही विद्यार्थीहरुका लागि विशेष छात्रवृतिको व्यवस्था समेत भएकोले आर्थिक अवस्था कमोजर भएका इच्छुकलाई समेत यस कार्यक्रमबाट उद्यमी बन्न सहयोग मिल्ने जनाइएको छ ।

पोखराको सिमलचौरमा सन् २००० मा स्थापित उक्त कलेजले बिसिए, बिबिए र बिपिएचका कक्षा सञ्चालन गर्दै आइरहेको छ । प्रशिक्षणका लागि चैत २३ देखि वैशाख २२ सम्म आवेदन दिन सकिने कलेजले जनाएको छ । कलेजमा हाल ७ सयभन्दा बढी विद्यार्थी छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width