फूलबारीमा ज्येष्ठ नागरिक भवन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७८
Fulbari News

पोखरा । पोखरा–११, फूलबारीमा ज्येष्ठ नागरिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सो भवन वैशाख महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष धर्मराज आचार्यले जानकारी दिए ।

सामाजिक विकास कार्यालय, कास्कीद्वारा संचालित सो आयोजनाको कुल लागत ३८ लाख ९४ हजार रहेको छ । त्यसमध्ये ३ लाख ९४ हजार रुपैयाँ जनसहभागिता रहने जनाइएको छ । गत पुस १४ गते आयोजनाको लागि सम्झौता भएको थियो ।

ज्येष्ठ नागरिकलाई दिवा सेवा सञ्चालन उद्देश्यले गत कात्तिक २३ मा बसेको भेलाले निर्माण गर्ने निर्णयका साथै धर्मराज आचार्यको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरेको थियो ।

समितिको सचिव हरिप्रसाद बास्तोला, कोषाध्यक्ष नारायणी अधिकारी, सदस्यमा केदारनाथ बास्तोला, नन्दप्रसाद आचार्य, सीता बास्तोला र मेनकादेवी बराल छन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width