पोखरा । गोरखापत्र संस्थानको सहप्रकाशन ‘मुना’ मासिकको ३२ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बालबालिका संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र प्राकृतिक चिन्तन फेवाताल लगायतको विषयमा प्रदेशको सरकारको भूमिकाबारे मुख्यमन्त्रीसँग प्रश्न गरेका थिए । उनले गण्डकी सरकार सम्भावना बोकेको प्रदेश भएकोले पर्यटन, कृषि, उद्योगको क्षेत्रमा नियम कानुन निर्माण हुँदै आएको बताए । उनले बालबालिकाको उचित शिक्षा, स्वास्थ्य, पोषण लगायतमा आगमी बजेटमा समावेश गरी बालबालिका मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । उनले भने, ‘यहाँका बालबालिकालाई गुणस्तरको शिक्षा दिनको लागि कटिबद्ध लागि परेका छौं । प्रदेश प्रमुख शिक्षा कार्यक्रममार्फत पनि बालबालिकाहरुले प्राविधिक कुरामा ज्ञान हासिल गर्न सक्नेछन् ।’
उनले आफू सरकारमा आएपछि प्रदेशवासीका लागि निशुल्क रगतको व्यवस्था मिलाएको बताए । ज्येष्ठ नागरिकका लागि दिवा सेवा र सरकारी हस्पिटलहरुबाट पनि निशुल्क स्वास्थ्य सेवा लिने व्यवस्था मिलाएको उनले सुनाए । उनले भने, ‘यो प्रदेशमा कोही अभिभावकविहीन भएर बस्नु पर्दैन । मानवसेवा आश्रममा बालबालिकाहरुलाई उचित व्यवस्था हुँदै आएको छ ।’ विकास निर्माणको सन्दर्भमा पहिलाको सरकारले गरेका कामलाइ निरन्तरता दिंदै आएको उनले बताए ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जबसम्म बालबालिकालाई उचित शिक्षा दिन सकिंदैन, तबसम्म समाज परिवर्तन गर्न नसकिने बताए । उनले शिक्षाले हरसमस्या समाधान गर्न सकिने हुँदा उत्पादनसँग जोडेर आत्मनिर्भर हुन बालबालिकालाई प्रेरित गर्नुपर्ने जनाए । उनले भने, ‘मुना पत्रिकाबाट बालबालिकाले उपयोगी ज्ञान हासिल गर्न सकेका छन् । यसलाई गाउँगाउँका विद्यालयहरुमा पुर्याएर लुकेको प्रतिभालाई बाहिर ल्याउने काम गर्न आग्रह गर्दछु ।’
गोरखापत्र संस्थानको सहप्रकाशन ‘मुना’ मासिकको ३२ औं वार्षिकोत्सव अवसरमा पोखराकी प्रेन्सा ‘मुनादूत’ घोषित
नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले मुनाहरु भोलिका दिनमा मुलुक धान्न सक्ने बनाउनको लागि अभिभावक र शिक्षकको भूमिका रहने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मुना पत्रिका सबैको लोकप्रिय बनेकोले अझै परिस्कृत गर्दै पछिल्लो पुस्तालाई पनि समावेश गर्ने खालका सामाग्री राख्न अनुरोध गरिन् ।
गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक लालबहादुर ऐरीले बालबालिकाको क्षमता बृद्धि गर्नको लागि निरन्तर मुना प्रकाशन हुँदै आएको बताए । उनले भने, ‘मुना पत्रिकाको गतिविधि काठमाडौंमा मात्र नभएर मौफसलमा पनि साझेदारी हुनुपर्छ भन्ने मान्यताले प्रदेश सरकार र पोखरासँग जोडिन आएका हौं ।’ उनले पत्रिका डिजाइन, सामग्री, नयाँ परिवेशमा छिट्टै ल्याउने सुनाए ।
संस्थानका अध्यक्ष विष्णु सुवेदीले पोखराका प्रतिभाशाली मुनाहरुसँग वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘अबको सन्तति निकै ट्यालेन्ट छन् । सामाजिक रुपान्तरण र समृद्धिका विषयमा चासो दिन थाल्नु भनेको बच्चाहरुमा हुनुपर्ने अदभूत गुण हो । तीनै मुनाहरुको प्रतिभा समेट्दै थप परिमार्जित गर्दै डिजिटल मार्फत पनि ल्याउने तयारीमा छौं ।’
उनले गोरखापत्र पत्रिका मात्र नभएर सिंगो युगको प्रतिनिधित्व गरेको बताए । विभिन्न आरोह, अवरोध खप्दै यहाँसम्म आइपुग्नु ठूलो चुनौती रहेको उनले जनाए ।
वार्षिकोत्सव अवसरमा गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत प्रेन्सा रेग्मीलाई गण्डकी प्रदेशको लागि ‘मुनादूत’ घोषणा गरी सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
एन प्याब्सन महाधिवेशन फागुनमा
रिहर्सलमा ‘सपना डिलक्स कोच’
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
hero news full width
मुख्य समाचार
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१