महानगर खेलकुद विकास समितिका उपाध्यक्ष र सदस्यले लिए सपथ

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७८
pokhar mahanagar khelkud sapatha by anup paudels

पोखरा । पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यहरुले सपथ लिएका छन् । गत चैत १६मा महानगर कार्यपालिका बैठकले मनोनित गरेका उपाध्यक्ष राजेन्द्र जिसी र सदस्य मनोनित भएकाहरुले शुक्रबार सपथ लिएका हुन् ।

महानगरले उपाध्यक्ष राजेन्द्र जिसी र सदस्यहरु दिनेशबाबु खड्का, जीवन बाटाजु, ऋषिसरा थापा, कुसुम गुरुङ, भरत बानियाँ, प्रीति बराल र अनुप पौडेललाई नियुक्त गरेको थियो । उनीहरुलाई महानगर प्रमुख मानबहादुर जिसीले सपथ गराएका हुन् ।

समितिको अध्यक्ष र सदस्य सचिव १० महिनाअघि नियुक्त भइसकेका थिए । अध्यक्षमा दीपकबहादुर गोदारलाई महानगरले गत जेठ पहिलो साता र सदस्य सचिव सुवास खड्कालाई असार पहिलो साता नियुक्त गरेको थियो ।

कार्यक्रममा पोखराका मेयर जिसीले देशका अरु पालिकामा बनेका समितिभन्दा उत्कृष्ट हुने गरी काम गर्न निर्देशन दिए । अन्य पालिकाका समितिसँग सहकार्य गरेर काम गर्न उनको सुझाव थियो । ‘यो नाममात्रैको समिति होइन । खेलकुद गतिविधिबाट पर्यटन प्रवद्र्धन गर्नुपर्छ । खेल विज्ञसँग बसेर कार्ययोजना र वार्षिक कार्ययोजना बनाएर काम गर्न आवश्यक छ,’ मेयर जिसीले भने । उनले महिलाहरुलाई पनि खेलकुद गतिविधिमा संलग्न गर्नेतर्फ पनि जोड दिन समितिलाई सुझाव दिए ।

अध्यक्ष गोदारले खेलाडीलाई समितिको अपनत्व महसुस हुने वातावरण सिर्जना गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

खेलकुद विकास, अनुसन्धान, अध्ययन, तालिमलगायत काम गर्ने गरी महानगरपालिकाले २०७५ सालमा खेलकुद विकास ऐन बनाएको थियो । महानगरका कर्मचारी पदेन सदस्य रहने समिति १५ सदस्यीय हुने व्यवस्था ऐनमा छ । खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गर्ने क्लब, संस्थाको दर्ता सूचीकरणको अधिकार पनि ऐनले समितिलाई दिएको छ ।

समितिको पहिलो बैठकले पदाधिकारी नियुक्त गरेकोमा महानगर कार्यपालिकालाई धन्यवाद दिने, कार्यालय व्यवस्थापनको काम अघि बढाउने र नेपाली नयाँ वर्ष २०७९मा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पोखरा रंगशालाभित्र समितिको कार्यालय बनाउन राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइसकेको सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width