सत्ता गठबन्धन भत्किंदैन : गृहमन्त्री खाँँण

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७८
Balkrishana ministers

म्याग्दी । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । गृहमन्त्री खाँणले कांग्रेसका जिल्लास्तरीय नेता तथा कार्यकर्तासँग शुक्रबारको भेटमा संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्म पुर्‍याएर सफलता हासिल गर्नुपर्ने बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँणले सत्ता गठबन्धनका पक्षमा सकारात्मक वातावरण पार्न कार्यकर्तालाई निर्देशन समेत दिए । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेकाले यो निर्णयको पक्षमा सशक्त भएर उभिन कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘गठबन्धनप्रति मेरो पूर्ण विश्वास छ । गठबन्धनका लागि हामीले उनीहरुलाई वचन दिएका छौं,’ गृहमन्त्री खाँणले भने, ‘खोला तर्‍यो लौरो बिस्र्यो त गर्नु भएन नि !’ सत्ता गठबन्धनमा आवद्ध दललाई हामीले पूरा विश्वास दिलाएका छौं,’ उनले थपे, ‘त्यसैले कांग्रेसले उनीहरुप्रति विश्वासघात गर्नुहुँदैन ।’

गृहमन्त्री खाँणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाउँलाई अति दुर्गम स्थानका रूपमा परिभाषित गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन् ।

सत्ता गठबन्धनका पक्षमा सकारात्मक वातावरण पार्न कार्यकर्तालाई निर्देशन

केपी शर्मा ओली सरकारले संविधान र लोकतन्त्रमाथि प्रहार गरेकाले त्यसका विरुद्ध संसदमा भएका माओवादी लगायतका दलहरुसँग सहकार्य गरेर कांग्रेसले मुलुकलाई बचाएको उनको भनाइ थियो । ‘हामी संसदमा सानो संख्यामा थियौं, कांग्रेस एक्लैले मुलुकलाई सहिबाटोमा ल्याउन सक्ने अवस्था थिएन,’ उनले भने, ‘माओवादीलगायत अन्य साना दलहरुको सहयोगले नै कठिन परिस्थितिमा मुलुकको नेतृत्व गर्ने अवसर हामीले पाएका छौं यो कुरा बिर्सिनु हुँदैन । त्यसैले कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धनका पक्षमा उभिएको हो ।’

राजनीतिक र वैचारिकरुपमा भिन्न भए पनि मुलुकको हितका लागि कांग्रेसले माओवादी र समाजवादी लगायत अन्य दलहरुसँग गठबन्धन गरेर जानुपर्ने अवस्था सिर्जना भएको गृहमन्त्री खाँणको भनाइ थियो । प्रतिपक्ष एमालेको अवरोधका कारण नागरिकता ऐन बनाउन नसकेको बताए ।

गृहमन्त्री खाँणले नेपाल छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै छन्त्याल जातिको पहिचान, कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताए । संविधानले समावेशीतालाई अँगालेकाले राज्यका सबै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उनको भनाइ थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल तरुणदलका अध्यक्ष विद्वान गुरुङ, कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ लगायतले बोलेका थिए । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष मोहन छन्त्यालले बताए । २ दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरका करिब ३ सय ५० जना प्रतिनिधि बेनीमा भेला भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width