जनविकास साकोसलाई भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७८
volleyball

लमजुङ । सुन्दरबजार–९, भोटेओडारमा संचालित पालिकास्तरीय दोस्रो सिर्जनात्मक भलिबल प्रतियोगिताको उपाधि जनविकास सहकारीले जितेको छ । सुन्दरबजार ८, भोटेओडारको मुनलाइट साकोस उपविजेतामा सीमित भयो ।
६५ औं सहकारी दिवस एवं सिर्जना साकोसको रजतजयन्ती अवसरमा सो प्रतियोगिता सञ्चालन गरिएको हो ।
२ दिनसम्म संचालित प्रतियोगितामा मध्यनेपाल–४ को मध्यविन्दु र राइनास–४ को जनशक्ति साकोस सेमिफाइनालिस्ट बने । प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।
विजेतालाई आयोजक सिर्जना साकोसका अध्यक्ष रामजी कँडेल र संस्थाका संस्थापक सदस्य एवं सल्लाहकार रमाकान्त अधिकारीले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।
प्रथम र द्वितीयलाई क्रमशः ५० हजार र ३० हजार साथमा कप, मेडल र प्रमाणपत्र प्रदान गरियो । सेमी फाइनलिस्टलाई नगद १५/१५ हजार दिइयो । पछिल्लो समय भलिबल खेल हराउँदै गएकाले युवाको आकर्षण बढाउने उद्देश्यले सिर्जनात्मक साकोसले सो प्रतियोगिता गरेको हो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width