पोखरा । नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर भएको छ ।
शुक्ला गण्डकी नगरपालिका वडा नं १ को आर्थिक सहयोगमा गरिएको शिविरमा गण्डकी मेडिकल कलेज अर्घौंका वरिष्ठ फिजिसियन डा.सुखबहादुर गुरुङ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बुद्धिराज गुरुङले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा १ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको र करिब २ लाख रुपैयाँ बराबरका औषधी वितरण गरिएको उपशाखाले जनाएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व कार्यवाहक सभापति डिल्लीराम अधिकारीले रेडक्रसका संस्थापक हेनरी ड्युनाले तत्कालीन समयमा लडाइमा परेका घाइतेको दयनीय अवस्था देखेर यो संस्था स्थापना गरेको स्मरण गरे ।
शुक्लागण्डकी १ का वडा अध्यक्ष रवीचन्द्र पौडेलले ज्येष्ठ नागरिकका सेवाका लागि वडा कार्यालयका तर्फबाट निरन्तर सहयोग गर्दै आएको बताए । चिकित्सकद्वय सुखबहादुर गुरुङ र बुद्धिराज गुरुङले जन्मभूमिमा आएर निशुल्क सेवा गर्न पाउँदा खुसी लागेको बताए ।
उपशाखाका अध्यक्ष समशेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुरप्रसाद खनाल र स्वागत ममिता गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रचनाले नचाइन् पोखरेली
निर्माण व्यवसायीले बुझाए ज्ञापन
चिसापानी एकता समाजको भेटघाट
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
hero news full width
मुख्य समाचार
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
माघ ५, २०८१