खेलकुद महासंघ गण्डकीमा विष्णु

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
kheldkud mahasangh News~second

लेखनाथ । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश अध्यक्षमा विष्णु पुन चयन भएका छन् । लेखनाथमा भएको प्रथम अधिवेशनले उनलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चुनेको हो ।
कार्यसमिति उपाध्यक्षमा दीपेन्द्र पौडेल (स्याङ्जा), महिला उपाध्यक्षमा साधना पन्त (बागलुङ), सचिव शिव अधिकारी (कास्की), उपसचिव बोधराज गिरी (कास्की) र सुजन आचार्य (तनहुँ), कोषाध्यक्षमा पदम बानियाँ (कास्की) निर्वाचित भए ।
सदस्यमा नरेन्द्र ढुंगाना, नगेन्द्र शर्मा भण्डारी, रञ्जन गुरुङ, धन पुर्जा, कुमारबहादुर क्षत्री, सत्यराज सापकोटा, ईश्वर अधिकारी, सन्दीप कोइराला र जीवन तिवारी लगायत ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनको शनिबार पूर्व भुमिसुधार मन्त्री एवं एमाले सचिव पद्मा अर्यालले उद्घाटन गरेकी थिइन् । प्रदेश अधिवेशनपछि अब चैत २५ देखि वैशाख ५ सम्म गण्डकीका ११ जिल्लाको अधिवेशन हुने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width