लेखनाथ । पोखरा ३२, राजाका चौतारास्थित ब्रह्म रुपा माविको पुरस्कार वितरण समारोह भएको छ । गत माघमा भएको विद्यालयको ४२ औं अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह कोभिड–१९ को महामारीका कारण रोकिएको थियो ।
विद्यालय प्रअ जनार्दन सुवेदीले आफ्नो क्षमता अभिवृद्धि र बौद्धिक विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सक्रिय बनाउन सहयोग हुने बताए । उनले पढाइमा हौसला र प्रेरणाका लागि पुरस्कार वितरण गरिएको बताए ।
विद्यालय शिक्षक अभिभावक संघ अध्यक्ष विश्वराज पौडेलले विद्यार्थीलाई अतिरिक्र क्रियाकलापमा संलग्न हुन समेत सुझाव दिए ।
विद्यालयका सहायक प्रअ मधुसुधन सापकोटाले गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा सक्रियता साथ लाग्न आग्रह गरे । विद्यालयका शिक्षक तेजनप्रसाद अधिकारीले विद्यालयको प्रतिनिधित्व गर्दै स्थानीय तहस्तरीय कार्यक्रम, जिल्लास्तरीय कार्यक्रम, प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन आग्रह गरे ।
शिक्षक अभिभावक संघ अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमकोे संचालन शिक्षक विश्वमोहन पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१