फेवा वेगनास चौतारीमा राजाराम

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
fewa begnas

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२२÷२३ अध्यक्षमा पत्रकार राजाराम पौडेल निर्वाचित भएका छन् ।
क्लब प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा राजेश ढुंगाना, तृतीय उपाध्यक्षमा अनुप बराल, सचिवमा टीकाबहादुर लम्साल, कोषाध्यक्षमा महेश सुनार, सहसचिवमा हेमराज तिवारी र सहकोषाध्यक्षमा दीपक भण्डारी चयन भए । मेम्बरसिप चियरपर्सनमा कृष्ण प्रसाद आचार्य, सदस्य जीवन कार्की, लेखनाथ सुवेदी, घनश्याम आचार्य, नवराज अधिकारी, ऋषिराम खनाल र प्रवेश उप्रेती छन ।
लायन वर्ष २०२१÷२२ का अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा आयोजित निर्वाचन कार्यक्रममा ड्रिस्टिक डिर्पाटमेन्ट चिफ बालकृष्ण बराल, क्लष्टर १४ का प्रमुख सन्तोष घिमिरे, ड्रिस्टिक मोडेल भिलेज डेपुटी चिफ जीतबहादुर थापा गोपाल, डिष्ट्रिक पिआरओ टंक ढकाल र गोविन्द सापकोटा, नवनिर्वाचित अध्यक्ष राजाराम पौडेल, सचिव चित्र गुरुङले बोलेका थिए ।
लायन वर्ष २०१६÷२०१७ मा स्थापना भएको यस क्लबमा यसअघि सन्तोष घिमिरे, पुरुषोत्तमराज भण्डारी, विधान गौतम, टंक ढकाल र शंकर पाण्डेले नेतृत्व गरेका थिए । हाल महेश्वर रिमालको नेतृत्वको समितिले काम गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width