सामुदायिक प्रहरी जिल्ला समन्वयको शिविर

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
comunity police

पोखरा । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सामुदायिक प्रहरी सेवा जिल्ला सम्वय समिति कास्कीले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । पोखरा १४ मझेरीपाटनस्थित रहेको रामेश्वरी माविको प्रांगणमा भएको शिविरमा ३ सय ५० जना महिलाको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविरमा पाठेघर र स्तन क्यान्सरसम्बन्धी परीक्षण गरी औषधीसमेत वितरण गरिएको थियो । शिविर जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य उद्घाटन गरेका थिए । उनले सभ्य र सुव्यवस्थित समाज निर्माणमा अग्रसर महिला लक्षित स्वास्थ्य शिविर आयोजना गरेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा कास्की जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, अधिवक्ता बोधराज बराल, समग्र महिला बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष सविना क्षेत्री, रामेश्वरी माविका व्यवस्थापन समितिका अध्यक्ष अमर ढुंगाना, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए ।
स्तन क्यान्सर र पाठेघर क्यान्सर जाँच तथा स्वास्थ्य परीक्षणमा गण्डकी अस्पतालका स्त्री रोग विशेषज्ञ डा. नवीन श्रेष्ठसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए । सहरी स्वास्थ्य पोखरा १४ को समेतको प्राविधिक सहयोग रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रचनाले नचाइन् पोखरेली

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । अहिलेकी लोकप्रिय गायिका रचना रिमालले आइतबार पोखरेली दर्शकलाई आफ्नो प्रस्तुतिमा भरपूर मनोरञ्जन दिइन् । अमरसिंह चौरमा जारी १३…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • चिसापानी एकता समाजको भेटघाट

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    लेखनाथ । चिसापानी एकता समाज पोखरा २९, ३० र ३२ को आयोजनामा गाउँले भेटघाट तथा ल्होछार विषय कार्यक्रम भएको छ…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…

hero news full width