पाँचदलीय गठबन्धनलाई एमाले एक्लै भारी: एमाले नेतृ अर्याल

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
Khlekud mahasangh~

लेखनाथ । एमाले सचिव पद्मा अर्यालले अबको चुनावमा पाँचदलीय गठबन्धनलाई एमाले एक्लै भारी हुने बताएकी छन् ।

उनले जो कमजोर छ, उसले नै गठबन्धन बनाउने भएकाले एमालेभन्दा कांग्रेस कमजोर भएको पुष्टि हुने बताउँदै गठबन्धनलाई पछारेर एमाले आगामी चुनावबाट देशकै पहिलो शक्ति बन्ने दाबीसमेत गरिन् ।

नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको शनिबार प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्व भूमिसुधार मन्त्री समेत रहेकी नेता अर्यालले सो दाबी गरेकी हुन् । उनले खेलकुद महासंघमा पार्टीको कुनै हस्तक्षेप नहुने बताउँदै खेलाडीलाई नै प्राथमिकता दिने कुरामा पार्टीको जोड रहेको उल्लेख गरिन् ।

खेलकुद महासंघ इञ्चार्ज गोकुल बाँस्कोटाले आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन एमालेसँग साधारण ढंगले पराजित हुने दाबी गरे । पूर्व सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका एमाले पोलिट्ब्युरो सदस्य बाँस्कोटाले गठबन्धन स्वार्थको संस्कृति भएको र यसमा जनताको स्र्वाथ नभई केही नेता तथा कार्यकर्ताको निजी स्वार्थ जोडिएकाले गठबन्धनलाई जनताले पराजित गर्ने बताए ।

पूर्व गृहमन्त्री एवं एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले अबको चुनावमा एमाले परमादेशबाट नभई जनादेशको आधारमा मूल ढोकाबाटै सरकारको नेतृत्व गर्ने ठोकुवा गरे । उनले चुनावको लागि केही प्रभाव पार्न सकिन्छ कि भन्ने उद्देश्यले पोखरा विमानस्थलको काम सम्पन्न नहुँदै चाबी हस्तान्तरणको नाटक गरिएको आरोप लगाए ।

कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष परशुराम बस्नेत, गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मी, नेपाल खेलकुद महासंघ, गण्डकी प्रदेश संयोजक विष्णु पुन लगायतले बोलेका थिए ।

गण्डकी प्रदेश संयोजक विष्णु पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश इञ्चार्ज ऋषिराम गौतमले स्वागत र कार्यालय सचिव दीपेन्द्र पौडेलले संचालन गरेका थिए ।

अधिवेशनअन्तर्गत आइतबार चुनावी प्रक्रिया हुने गण्डकी प्रदेशका उपाध्यक्ष मोहन रेग्मीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width