रेडियो अन्नपूर्णको रक्तदानमा १६० युनिट

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
blood donation 2078 newss

पोखरा । रेडियो अन्नपूर्णले आयोजना गरेको २० औं बृहत् रक्तदान कार्यक्रममा १ सय ६० युनिट रगत संकलन भएको छ । नयाँ रक्तदातालाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले रेडियोले वार्षिकरुपमा सो कार्यक्रम गर्दै आएको छ ।
‘रक्तदान म पनि गर्छुु, नारासहित भएको कार्यक्रममा १ सय ३३ पुरुष र २६ जना महिलाले रक्तदान गरेका छन् । तीमध्ये ६५ नयाँ रक्तदाता छन् । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समूह कास्कीका पूर्व अध्यक्ष तीर्थराज अवस्थीले ६८ औं पटक रक्तदान गरेका छन् ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले पहिलो रक्तदाता नवराज बास्तोलालाई ब्व्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले प्रदेश सरकारले गण्डकी प्रदेशभर रगत निशुल्क उपलब्ध गराउँदै आइरहेको बताए ।
रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले रेडियोले आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान आयोजना गर्दै आएको बताए । रेडियोका निर्देशक विजेश पालिखेले रक्तदानमा उत्साहपूर्ण सहभागि भएर रक्तदान गर्ने रक्तदाताप्रति आभार व्यक्त गरे । कार्यक्रममा पोखरा इन्टरनेट, नेपाल बैंक, नबिल बैंक र बृज सिमेन्टले सहकार्य गरेका थिए । यस्तै, रक्तसंचार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width