मुख्यमन्त्रीद्वारा काहुँडाँडा खानेपानी आयोजना उद्घाटन, १ घर १ धाराको प्रतिबद्धता पूरा हुँदै

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
kahu water (3)

पोखरा, १९ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगर ११, काहुँडाँडामा वृहत खानेपानी आयोजना शनिबार उद्घाटन गरेका छन् । प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको कालीखोला काहुँ धरहरा खानेपानी लिफ्टिङ आयोजनाको मुख्यमन्त्री पोखरेलले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशभरका नागरिकलाई आधारभूत खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको र त्यसै अनुसार काम गर्दै आएको बताए । स्वच्छ खानेपानी नागरिकका मौलिक अधिकार रहेको भन्दै उनले प्रदेश सरकारले थालेको १ घर १ धारा अभियान अब सार्थकतामा पुक्ष्न लागेको बताए ।

२० औं वर्षसम्म आयोजना अलपत्र भएर नागरिकहरु खानेपानीबाट वञ्चित रहेको अवस्थामा काहुँमा निर्धारित समयमै काम सकिएकोप्रति उनले खुसी व्यक्त गरे । अहिले प्रदेशमा मात्र नभएर मुलुकभर लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत महसुलका कारण उपभोक्ता मारमा परेको उनको भनाइ थियो । प्रदेश सरकारले अहिले नै सबै आयोजनालाई विद्युत महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमश गर्दै जाने प्रतिबद्धता मुख्यमन्त्री पोखरेलले जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले पर्यटकीय सम्भावना बोकेको काहुँडाँडा र आसपासको क्षेत्रमा पर्यटक टिकाइराख्न थप पूर्वाधारको जरुरी रहेको भनाइ राखे । सीमिति स्रोत र साधानका बीच प्रदेश सरकारले जन अपेक्षा र प्रतिबद्धता अनुसार काम गर्दै आएको उनको भनाइ थियो । प्रदेश र स्थानीय तहका सरकारलाई संघले कम बजेट दिएकै कारण सोचे अनुसार आयोजनाहरु अगाडि बढाउन नसकिएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

आर्थिक वर्ष २०७५÷७६ मा निर्माण सुरु भएको आयोजनाको लागत अनुमान ११ करोड ६७ लाख रहे पनि ७ करोड ८२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । कालीखोलाबाट मोटरले पानी तानेर १÷१ लाख लिटर क्षमताका ३ वटा ट्यांकी निर्माण गरिएको छ । आयोजना अन्तर्गत प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति हुने र ५ हजार ४ सय ३० उपभोक्ता लाभान्वित भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सिल्टेसनका साथै निर्मलीकरण गरिएको भएको यसबाट वितरित पानी धाराबाट सिधै खान मिल्ने हुन्छ ।

कार्यक्रममा प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले परिवर्तित राजनीतिक अवस्थासँगै बनेको गठबन्धन सरकारले विकास निर्माणका साथै सामाजिक क्षेत्रमा समेत प्रभावकारी काम गर्दै आएको बताए । आफ्नो निर्वाचन क्षेत्र रहेको रहेकाले काहुँ क्षेत्रको पूर्वाधारका लागि लगातार योजनाहरु परेर कार्यान्वयन समेत हुँदै आएको भनाइ उनको थियो ।

संघीय सांसद विद्या भट्टराईले नागरिकको पहिलो आवश्यकता बाटो र दोस्रोमा खानेपानी हुने गरेको भन्दै स्वच्छ पानीमात्र उपलब्ध गराउन सके नागकरिकलाई धेरै रोगबाट मुक्त गराउन सकिने भनाइ राखिन् ।

गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ, प्रदेशको ऊर्जा, खानेपानी तथा सिञ्चाइ मन्त्रालयको खानेपानी महाशाखा प्रमुख प्रेम डोटेल, वडाध्यक्ष मोहनप्रसाद बास्तोला लगायतले उक्त अवसरमा शुभकामना व्यक्त गरे । स्थानीय विष्णुप्रसाद आचार्य, कुमार क्षेत्रीले पानी लिफ्टिङका लागि धेरै बिजुली खर्च हुने भएकाले महसुलमा सहुलियत प्रदान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

काहुँ धरहरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष दीपकप्रकाश आचार्यले यस परियोजनाको पानीले मात्र पु¥याउन नसकिने भएकाले विगतदेखि नै सञ्चालन हुन्दै आएका ससाना ११ वटा योजना पनि सँगसँगै सञ्चालनमा रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width