प्रजातन्त्र सेनानी सम्मानित

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
Prajatantra

पोखरा । नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीले पोखरामा शनिबार प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरेको छ ।
समारोहमा पूर्व सभामुख तारानाथ रानाभाटले प्रजातन्त्र सेनानी तथा दिवंगत प्रजातन्त्र सेनानीका परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । त्यस अवसरमा प्रमुख अतिथि रानाभाटले प्रजातन्त्र सेनानीको योगदान अतुलनीय रहेको बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले प्रजातन्त्र सेनानीप्रतिको सम्मान निरन्तर रहने उल्लेख गरे ।
कार्यक्रमको प्रारम्भमा २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि गर्नुपरेको संघर्षबारे प्रजातन्त्र सेनानीहरुको आवाज रहेको भिडियो प्रदर्शन गरिएको थियो ।
नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका अध्यक्ष लीलाभक्त आचार्यको अध्यक्षतामा भएको उक्त समारोहमा कार्यक्रम सञ्चालक देवदत्त कोइरालाले स्वागत तथा लला कोइरालाले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width