कन्या क्याम्पसमा सम्मान र बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७८
kanya campusd

पोखरा । कन्या क्याम्पस पोखरामा शुक्रबार प्राध्यापक र कर्मचारीको सम्मान तथा बिदाई गरिएको छ । स्नातक प्रथम वर्षका छात्राहरुको स्वागत कार्यक्रमसमेत भएको छ । क्याम्पस प्रमुख तथा कार्यक्रमका अध्यक्ष सुरेसकुमार मानन्धरले क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिततताको प्रमाणपत्र प्राप्त गरेकामा सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
क्याम्पसको कार्यवाहक अध्यक्ष मदन शर्माले क्याम्पसको विकास र गुणस्तर अभिवृद्धिका लागि सञ्चालक समिति सदैव साथमा रहने उल्लेख गरे । क्याम्पसमा स्थापनाकालमा कबुलियतनामा गरी क्याम्पसको स्थापनमा सक्रिय भूमिका खेलेका निवर्तमान क्याम्पस प्रमुख एवं प्राध्यापक मेजरमान बज्राचार्य र प्रारम्भकालीन कर्मचारी गोविन्द पराजुलीको अनिवार्य अवकाश भएकोमा दोसल्ला, खादा, मायाको चिनो तथा सम्मानपत्र प्रदान गरि सम्मान तथा बिदाइ गरिएको थियो ।
उक्त कार्यक्रममा क्याम्पसमा व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको थियो । कार्यक्रममा प्राध्यापक संघका सभापति डा.भूमिराज बस्ताकोटीले स्वागत गरे । सम्मानित व्यक्तित्वले क्याम्पसको विकासमा पु¥याएको योगदान तथा जीवनीबारे उपप्राध्यापक बलराम भट्टराई र लेखा अधिकृत कृष्ण ताम्राकारले जानकारी गराएका थिए ।
कार्यक्रममा छात्रा कल्याण समिति सह संयोजक ऐश्वर्या श्रेष्ठले नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरुको सर्वांगीण विकासका निम्ति कन्या क्याम्पस पोखरा उत्कृष्ट रोजाइ रहेको बताइन् । नवआगन्तुक छात्राको तर्फबाट सन्ध्या भण्डारी र अनीषा अर्यालले उच्च शिक्षा पूरा गर्नको निम्ति कन्या क्याम्पस छनोट गरेको र क्याम्पसको शैक्षिक वातावरणबाट खुसी भएको सुनाए ।
कार्यक्रम सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width