अपांगता भएका व्यक्तिलाई अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
pokhara 9 help

पोखरा । पोखरा ९ मा बसोबास गर्ने अपांगता भएका व्यक्तिका लागि अपांगता अभिमुखीकरण तालिम दिइएको छ । साथै उनीहरुका लागि आयआर्जन कार्यक्रम वितरण तथा सहयोगी सामाग्री वितरण गरियो ।
वडास्तरीय अपांगता सरोकार समिति, वडा ९ को आयोजना र सिविआरयस नेपालको संयोजनमा एकदिने कार्यक्रम भएको हो । सो अवसरमा विद्यालय जाने अपांगता भएका विद्यार्थीका लागि स्टेसनरी, झोला, पोशाक वितरण गरियो ।
वडास्तरीय अपांगता सरोकार समितिका अध्यक्ष प्रकाशबहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामराज लामिछानेको प्रमुख आतिथ्यमा भएको कायृक्रममा वडासचिव झम्कनाथ पौडेल, सिबिआरएस नेपालका प्रमुख कृष्ण लामिछानेको उपस्थिति थियो । कार्यक्रमको संचालन सामुदायिक सहजकर्ता चन्द्रदिब्यश्वरी भण्डारी र रति थापाले गरेका थिए ।
अपांगता अभिमुखीकरण कार्यक्रममा अपांगताको परिभाषा, वर्गीकरण, अपांगता परिचयपत्र, राज्यद्वारा प्रदान गरिने सेवा सुविधाहरु र अपांगताको कारण र रोकथामका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षक विदुर कोइराला र रुद्र थापामगरले सहजीकरण गरेको तालिममा ३५ जना अपांगता भएका व्यक्तिहरु तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
१२ जना अपांगता भएका व्यक्तिहरुलाई सिलाइ मेसिन, कुखुरापालन, ठेला पसल, खाजा पसल, किराना पसल र चटपट पसलका लागि आयआर्जन कार्यक्रम सहयोग गरिएको थियो । साथै २ विद्यार्थीलाई विद्यालय पोशाक, स्टेसनरी तथा झोला वितरण गरिएको थियो भने ३ जनालाई सहयोगी सामाग्री वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width