चापापानी सिद्वार्थ सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
chapapani sahakari

पोखरा । पोखरा १२, पुरानो धारास्थित चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाले ६५ औं सहकारी दिवस उपल्यक्ष्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले रक्तदाता तथा कार्यक्रम संयोजक दीपक कार्कीलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । उनले विषम परिस्थितिमा सहकारीले पुण्य काम गरेको भन्दै गण्डकी प्रदेश सरकाले अहिले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर उपचारमा ५० हजार सहुलियत दिने गरेको बताए ।
कार्यक्रममा अध्यक्षको आसनबाट सहकारी अध्यक्ष नरेशबहादुर कार्कीले सहकारीले विभिन्न समयमा सामाजिक उत्तरदायित्वका काम गरिरहेको दाबी गरे ।
सहकारी सहसचिव तथा कार्यक्रम संयोजक दीपक कार्कीले स्वागत, सचिव श्यामप्रसाद साखीले सञ्चालन र व्यवस्थापक करूणा शाहीले सहकारीका ७ सिद्वान्त वाचन गरेकी थिइन् । कार्यक्रममा रक्त संचार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानमा…
  • पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने

    प्रकाश ढकाल माघ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले शुक्रबार (आज) देखि नै करारका कर्मचारीलाई हाजिर नगराउने भएको छ । करार कर्मचारी नहटाउन माग गर्दै…
  • एन प्याब्सन महाधिवेशन फागुनमा

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ । संस्थाको पोखरामा सम्पन्न राष्ट्रिय…
  • रिहर्सलमा ‘सपना डिलक्स कोच’

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । चर्चित कलाकार अनुप बरालको सक्रियतामा पोखरा–३, नदीपुरमा ‘हंसध्वनि’ नाटकघर निर्माणाधीन छ । निर्माण पूरा नहुँदै सोही नाटकघरमा एक…
  • पंगेनीको प्रस्तुतिमा रमाए दर्शक

    आदर्श समाज सम्वाददाता माघ ४, २०८१
    पोखरा । लोकप्रिय गायक बद्री पंगेनीको प्रस्तुतिमा पोखरेली दर्शक रमाएका छन् । प्रायः वियोगान्त गीत गाएर दर्शकलाई रुवाउने लोक तथा…

hero news full width