फिर्केखोला अतिक्रमण रोक्न माग

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७८
Ram Dai Photo

पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण रोक्का गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिएको छ । महाअभियान कास्की संयोजक रामबहादुर पौडेलले बुधबार सो निवेदन दर्ता गराएका हुन् ।
अतिक्रमणबारे महानगरमा पटक–पटक जानकारी गराउँदासमेत गम्भीरतापूर्वक नलिएकाले निवेदन दिएको उनको भनाइ छ । ‘पोखरा वडा नम्बर १८ बाट सुरु भई वडा नम्बर २, ४, ५, ६, ७, ८ हुँदै १७ फेवातालमा समाहित हुने फिर्के खोला चरम अतिक्रमण भइरहेको र पटक–पटक जानकारी गराउँदा समेत पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएकाले तत्काले रोक्का गरी आवश्यक छानविन गरी पाउँ,’ निवेदनमा उल्लेख छ ।
संयोजक पौडेलले कुनै व्यक्तिविशेष नभई समग्र फिर्केखोला अतिक्रमणका लागि आफूहरुको अभियान जारी रहेको बताए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width