‘पूर्व कर्मचारी रिटायर्ड होइनन्’

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७८
karmachari~

पोखरा । सामाजिक क्षेत्रमा सक्रिय रहेर रचनात्मक कार्य गरिरहेका पूर्व कर्मचारीलाई रिटायर्ड भन्न नमिल्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । पूर्व कर्मचारी सेवा परिषद् नेपाल कास्कीको १७ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन उद्घाटन समारोहमा उक्त कुरा व्यक्त भएको हो ।
अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका निमित्त प्रमुख सचिव रामप्रसाद आचार्यले भने, ‘पूर्व कर्मचारीले सामाजिक योगदान दिएर हामी रिटायर्ड भएका छैनौं भन्ने सन्देश दिनु भएको छ । ’
पूर्व कर्मचारीको सक्रिय जीवनको कामना गर्दै उनले सरकारीतर्फबाट हुने सक्ने सहयोगको लागि आफ्नो पहल रहने बताए ।
सोही समारोहबीच समाजसेवी भक्तराज श्रेष्ठलाई चन्द्र–कृष्ण स्मृति सम्मान पुरस्कार–२०७८ बाट सम्मान गर्दै पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोनले समाजसेवी सदा सम्मानयोग्य हुने बताए । उनले आफूले २०१६ सालमा देखेको पोखराको वर्णन गर्दै अहिलेको विशाल पोखरा बनाउने श्रेय सबैको रहेको बताए ।
सामाजिक क्षेत्रमा क्रियाशील पूर्व कर्मचारी परिषद्का आजीवन सदस्यलाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि १० हजार र सम्मानपत्र रहेको छ । परिषद्द्वारा संचालित सो पुरस्कारबाट पहिलो पटक भक्तराज सम्मानित भएका हुन् ।
पुरस्कार संस्थापक कृष्णप्रसाद बरालले निष्काम कर्मलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार राखिएको जानकारी दिए । सम्मानित व्यक्तित्व भक्तराज श्रेष्ठले ज्येष्ठ नागरिकको हितमा आफूले केही गर्न सकिन्छ कि भनी लागेको बताए । परिषद्का पूर्व अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि पिताम्बर बरालले समाजसेवी भक्तराज श्रेष्ठको योगदानबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा परिषद्का ज्येष्ठ सदस्य तथा भवन निर्माणमा सहयोग पु¥याउने दाता, उल्लेख्य सेवा पु¥याउनेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
अध्यक्षको आसनबाट परिषद्को कास्की शाखा अध्यक्ष नरहरि बरालले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै परिषद् आफ्नो उद्देश्य पूरा गर्न सक्रिय रहेका बताए । कार्यक्रममा परिषद्को बागलुङ शाखा अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पूर्व राष्ट्रसेवक संगठनका उपाध्यक्ष लीलाधर पौडेल, सल्लाहकार डिल्लीराम तिवारी, पूर्व सचिव ठाकुरप्रसाद बरालले मन्तव्य राखेका थिए । संस्थाको सूचना सहित्य र प्रकाशन समिति संयोजक टीकाप्रसाद भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव अनन्तराज लम्सालले गरेका थिए ।

परिषद्मा नरहरि
पूर्व कर्मचारी परिषद् कास्कीको नवौं अधिवेशनले नरहरि बरालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । उनी यसअघि पनि अध्यक्ष थिए ।
समिति उपाध्यक्षमा अनन्तराज लम्साल, सचिव सूर्यप्रसाद बराल, कोषाधयक्ष प्रेमकुमारी कँडेल चयन छन् । सदस्यमा लेखनाथ आचार्य, गिरधारी सुवेदी, ऋषिराम त्रिपाठी, वेदप्रकाश पौडेल, धर्मदत्त बराल, दामोदर सिग्देल र दयाराम गौतम छन् ।

Related News

सम्बन्धित समाचार

  • खेलकुद पत्रकार मञ्चको पदस्थापन

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको…
  • मेलामा सूचना प्रविधिको ज्ञान

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ…
  • राजनीति सङ्लो भए मुलुकको विकास छिट्टै : डा. वाग्ले

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राष्ट्रिय योजना र बजेटमार्फत देशको अर्थतन्त्र चलायमान…
  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…

hero news full width