राप्रपा पोखरा १४ संयोजकमा अमृत

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
rpp pkr 14

पोखरा । राप्रपाले पोखरा वडा १४ मा इकाइ कमिटी गठन गरेको छ । पार्टीको एक भेलाबाट अमृत कार्कीको संयोजकत्वमा सो कमिटी गठन गरिएको हो । कमिटीमा श्याम सिके मनोनीत भएका छन् ।
वडामा बसोवास गर्दै आएका तथा आफूतर्फ झुकाव राख्नेलाई पार्टी प्रवेशदेखि सदस्यता वृद्धिमा जोड दिइने नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।
मंगलबार वडा कमिटी बिस्तार गरिने कार्कीको भनाइ छ । सात सदस्यीय कमिटीमा २ महिला सदस्यलाई पनि समेटिने उनले बताए । राजेन्द्र लिङ्देन पार्टी अध्यक्षमा निर्वाचित भएपछि कार्यकर्तामा थप जोस जाँगर बढेको र पार्टीमा जनलहर बढ्दै गएको उनको दाबी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width