ज्येष्ठ नागरिकको सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
bharatpokhari newsd

पोखरा । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्राविधिक सहयोग एवं बर पाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा भरतपोखरीको बरपाण्डेथुममा तुलसी चिया वितरणसँगै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
खाद्य हरियाली सहर कार्यक्रमअन्तर्गत बरपाण्डेथुममा झण्डै ३ रोपनीमा लगाइएको तुलसी खेतीबाट उत्पादित, प्रशोधित एवं नास्टबाट परीक्षण गरिएको चिया यस क्षेत्रका २ सय जना सर्वसाधारणलाई वितरण गरिएको ज्येष्ठ नागरिक महासंघ नेपालका केन्द्रीय सदस्य केशवराज लम्सालले जानकारी दिए । उक्त अवसरमा ५० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री एवं नास्टका सल्लाहकार गणेश शाहले तुलसीको पर्यावरणीय महत्वका साथै यसले मानवीय स्वास्थ्यमा ठूलो योगदान गर्ने बताए ।
स्वस्थ समाज निर्माणका लागि तुलसी रोप्नु अनिवार्य रहेको भन्दै उनले तुलसीखेतीलाई आयआर्जनसँग जोड्न सकिने बताए ।
ग्लोबल पिस फाउन्डेसन अध्यक्ष रामरोहन पन्तले तुलसी खेतीप्रति सर्वसाधारणलाई आकर्षित गर्न सकेमा त्यसले वातावरण संरक्षणसँगै मानवीय स्वास्थ्यमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिमल्सिनाले स्थानीय ज्येष्ठ नागरिकको हक हितका लागि आयाआर्जन अभिवृद्धिलगायतमा आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गैरीभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष नीलराज आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरपाण्डेथुम दिवा सेवा केन्द्रका सचिव मोती भुजेलले सञ्चालन गरेका थिए ।
नास्ट र बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको सहकार्यमा पोखरा–३३ भरतपोखरीमा खाद्य हरियाली सहर कार्यक्रमअन्तर्गत गत जेठमा सामुदायिक रुपमा तुलसीको प्रांगारिक खेतीको विकास गरिएको थियो । उक्त कार्यक्रममा गैरीभञ्ज्याङ काफलडाँडा सामुदायिक वन उपभोक्ता समुह, बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र र समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोषले स्थानीय सहकार्य गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width