इलेक्ट्रोमेकानिकलको भित्तेपात्रो विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
electromechanical

लेखनाथ । इलेक्ट्रोमेकानिकल संघ नेपाल, पोखरा–३ को भित्तेपत्रो विमोचन एवं पारिवारिक वनभोज कार्यक्रम भएको छ ।
कार्यक्रम शुभारम्भ गर्दै संस्थाका सल्लाहकार एवं वरिष्ठ अधिवक्ता सुकदेव गौतमले २०७९ सालको भित्तेपात्रोको विमोचन गर्दै गौतमले नेपाल पञ्चांग निर्णायक समितिको नियमानुसार प्रकाशन भएको पात्रोमा संस्थागत हितको लागि विज्ञापन उपलब्ध गराउने सबैप्रति हार्दिक आभार गरे । उनले इलेक्ट्रोमेकानिकल संघका सदस्यहरुले अब मर्मतको काम मात्र नगरी उत्पादन एवं निर्माणको चरणमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष गोविन्दप्रसाद पौडेल, सल्लाहकार बलभद्र नकर्मी, पूर्व अध्यक्षहरु शंकर ताम्राकार, लक्ष्मीप्रसाद द्वा, संस्थापक अध्यक्ष डिल्लीराज राजभण्डारी, आविष्का सप्लार्यसका अर्जुन भण्डारी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्णराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रेशम गुरुङले स्वागत र महासचिव माधवप्रसाद तिवारीले सञ्चालन गरेका थिए । संघमा १ सय ४० जना व्यवसायी आबद्ध छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width