सैनिक अस्पतालको सहयोगमा वृद्धाश्रममा शिविर

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Hari bastola newsd

पोखरा । पोखरा वृद्धाश्रमको २५ औं स्थापना दिवसका अवसरमा सैनिक अस्पताल फूलबारी पोखराको प्राविधिक सहयोगमा पोखरा वृद्धाश्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरमा सैनिक अस्पतालका डा. अमृत घिमिरे, डा. स्वेता राज्यलक्ष्मी राणा, डा. शिशिर श्रेष्ठ, डा. अभिशेख थापा, व्यवस्थापक सेनानी विज्ञानराज पोखरेलसहितको १३ सदस्यीय टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा पोखरा वृद्धाश्रम र आसपासका ५३ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै २ लाख बराबरको औषधी तथा पौष्टिक आहार वितरण गरिएको थियो ।
नेपाली सेना फुलबारी ब्यारेक पोखराका प्राविधिक सहायक रथी डा. भुवनराज कुँवरले शिविर शुभारम्भ गर्दै सेना नागरिक समाजसँग सहकार्य गर्दै सामाजिक सेवामा समर्पित हुँदै आएको उल्लेख गरे ।
विजयपुर कमान्ड सेनापति बाबुराम श्रेष्ठको निर्देशनमा वृद्धाश्रममा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिँदै उनले राज्य र नागरिकलाई पर्ने जस्तोसुकै अप्ठेरोमा पनि नेपाली सेनाले सहयोग गर्दै आएको बताए ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका पुष्पराज पौडेलले समाजका ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको क्षेत्रमा मन्त्रालयले सहयोग गरेर सामाजिक उत्तरदायित्व पूरा गर्दै आएको बताए ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले सैनिक अस्पतालबाट आगामी दिनमा पनि स्थास्थ्य शिविर सञ्चालन गर्न आग्रह गर्दै आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजनभन्दा पनि औषधोपचारमा बढी खर्च हुने गरेको उल्लेख गरे ।
वृद्धाश्रममा हाल विपन्न, असहाय एवं अपहेलित ५५ जना ज्येष्ठ नागरिक आबद्ध भएको कोषाध्यक्ष धर्म गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width