हेमजा । अन्नपूर्ण गाउँपालिका–३, काँडेका केशव बिजुक्छेको फेसबुक आजकल गुराँसले रंगिएको हुन्छ । उनलाई आफ्नै वन क्षेत्रमा फूलेको गुराँसले लोभ्याएको छ । फलस्वरुप उनी दिनहुँ जसो वरिपरिका गुराँसका तस्बिरहरु सामाजिक सञ्जालमा राख्ने गर्दछन् ।
बिजुक्छेलाई त्यतिमात्र छैन । आफ्नो गाउँ गुराँस गाउँ हो भनी चिनाउनु पनि छ । काँडे गुराँसले विश्वभर भाइरल बन्नुपर्ने बिजुक्छेको धारणा छ । फलस्वरुप उनी पसलको कामलाई केही पन्छाउँदै ल्होसे पाखा वन क्षेत्रमा फूलेका लालीगुराँसको फोटो खिच्न पुग्ने गर्दछन् । त्यही राखिएको ‘गुराँस टिप्न मनाही छ, टिपेमा १ हजार रुपैयाँ जरिवाना लाग्छ’ भन्ने सूचनालाई पनि उनले राम्रै प्रचार गरिरहेका छन् ।
अन्नपूर्ण ३ को ओख्लेदेखि काँडे घुम्तीसम्मको सो वन क्षेत्रमा आजकल गुराँस ढकमक्क फुलेको छ । ती गुराँसले पोखरा बागलुङ राजमार्गका यात्रुको ध्यान खिच्चसमेत सफल भएको छ । फलस्वरुप यात्रुले त्यहाँका गुराँससँग राम्रै सामीत्यता गाँसेका पनि छन् । सवारी रोकेरै उनीहरु बोटका गुराँससँगै फोटो, भिडियो खिच्ने, टिकटक बनाउने लगायत गतिविधि गर्दै आइरहेको दिनहुँ प्रशस्त भेट्न सकिन्छ ।
त्यहाँस्थित ल्होसे पाखा सामुदायिक वन उपभोक्ता समूहले केही वर्षदेखि राष्ट्रिय फूल लालीगुराँस संरक्षणमा सक्रियता देखाएको छ ।
उक्त समूहले वन क्षेत्रमा गुराँसको छुट्टै ब्लक स्थापना (पूर्णता पाइनसकेको) गर्नुका साथै वार्षिक रुपमा बोटबिरुवा काँटछाट गरी गुराँस, काफल, कटुस, चिलाउने लगायत संरक्षण पनि गर्दै आइरहेको हो । हाल उक्त वन क्षेत्रमा करिब ५ हजारको हाराहारीमा गुराँसका बोट रहेको अनुमान छ ।
‘राष्ट्रिय फूल लालीगुराँसः ल्होसे पाखाको चिनारी’ नाराका साथ आफूहरु गुराँस संरक्षणमा होमिएको वन समूहका अध्यक्ष गमबहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले गुराँस संरक्षणका लागि लगानी खोजी गरिएको जनाउँदै सम्बन्धित नियायसँग सहयोगको अपेक्षा पनि गरेका छन् ।
लालीगुराँसलाई सौन्दर्यका अलवा जुस बनाउने र औषधीजन्य सामग्रीको रुपमा प्रयोग समेत गर्ने गरिन्छ ।
Related News
सम्बन्धित समाचार
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
नागीधार महोत्सव तयारी पूरा
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१