क्षयरोगविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
tb

पोखरा । विश्व क्षयरोग दिवस अवसरमा क्षयरोग उपचार केन्द्र, पोखराले विविध कार्यक्रम गरेको छ । अस्पतालले क्षयरोगी बिरामीलाई सेनिटाइजर र मास्क वितरण गरेको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु अधिकारी गुरुङले सामग्री हस्तान्तरण गर्दै क्षयरोगबाट बच्न सचेतना अपनाउनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. श्रीराम तिवारी, स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्कालगायलते शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्षयरोग उपचार केन्द्र, पोखराकी निमित्त निर्देशक डा. सुप्रिया पौड्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज तिमिल्सिनाले गरेका थिए ।
यसैबीच, संस्थाले दिवस अवसरमा अफिन संस्थामा आबद्ध चिकित्सकलाई क्षयरोगसम्बन्धी सिएमई कार्यक्रम नि. निर्देशक डा. पौड्यालको अध्यक्षतामा सम्पन्न भयो । कार्यालयका डा. मिलन श्रेष्ठ र स्वास्थ्य निर्देशनालयमा कार्यरत कुष्ठरोग अधिकृत लक्ष्मण बसौलले क्षयरोगको अवस्थाबारे बताए ।
साथै क्षयरोगसम्बन्धी निम्याट संस्थाले विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शान्त मावि, जनप्रिय मावि, राष्ट्रिय मावि लगायतमा विद्यार्थीलाई सचेतना दिएको थियो । उता, पोखराको पृथ्वीचोक, चिप्लेढुंगा, लेकसाइडमा सचेतनामूलक नृत्य प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…

hero news full width

trending post

ट्रेन्डिङ्ग