अजित र सरस्वती च्याम्पियन

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७८
safal marathon

पोखरा । १६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत १० किमी पुरुषतर्फको दौडमा अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जितेका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको म्याराथनको दोस्रो इभेन्टतर्फ शनिबार निर्धारित १० किमी दौडमा अजितले ३०.४५.२० मिनेटमा पूरा गरेका हुन् । उनी सन् २०१९ मा हङकङमा सम्पन्न ३ हजार मिटर दौडतर्फ एशियन युथ एथलेटिक्सका स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् ।
स्याङ्जाका युवराज थापाले ३२.५०.३० मिनेटमा दौड पूरा गर्दै दोस्रो र काठमाडौंका टंकबहादुर कार्कीले ३३.५.५० मिनेटमा दौड पूरा गरी तेस्रो भए । उनीहरुले २०, १५ र १० हजार साथमा मेडल पुरस्कार पाए ।
महिलातर्फ काठमाडौंकी सरस्वती बोहोराले ३९.३५.२० मिनेटमा निर्धारित १० किमी दौड पूरा गर्दै उपाधि जितिन् । एपिएफकी आशा रावतले ४०.१०.४० मिनेट र पोखराकी गोमा पुनले ४३.५९.४० मिनेटमा दौडा पूरा गर्दै दोस्रो र तेस्रो भए । उनीहरुले २०, १५ र १० हजार साथमा मेडल पुरस्कार पाए ।
छात्र ५ किमी दौडमा थापाठाना मावि पर्वतका आनन्द थापा पहिलो, कालिगण्डकी मावि पर्वतका कृष्णबहादुर परियार दोस्रो र मण्डली मावि गोरखाका सुरज बराम तेस्रो भए । छात्रातर्फ तनहुँ भानु माविकी नर्मता गुरुङ, पोखरा छोरेपाटन माविकी नारायणी भण्डारी र तनहुँको भानु माविकी सन्ध्या अधिकारी तेस्रो भए । दुवै इभेन्टमा पहिलो, दोस्रो र तेश्रो हुनेलाई १०, ७ र ५ हजार साथमा मेडल प्रदान गरियो ।

१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार दोस्रो इभेन्टको प्रतियोगिता भएको हो

ह्विल चियर पुरुष इभेन्टमा सुरेश गौली प्रथम, जीवन श्रेष्ठ दोस्रो र भरत अधिकारी तेस्रो भए । महिलातर्फ अञ्जु बराल, घना मगर र लक्ष्मी सुनार पहिलो, दोस्रो र तेश्रो हुँदै १०, ७ र ५ हजार साथमा मेडल पाए ।
दृष्टिविहीन पुरुषतर्फ प्रेम क्षत्री पहिलो, आदेश बस्याल दोस्रो र सुनिल रानामगर तेस्रो भए । महिला दृष्टिविहीनमा वीनिता पुन, माया गौतम र प्रतीक्षा लामिछाने पहिलो, दोस्रो र तेश्रो हुँदै १०, ७ र ५ पुरस्कार पाए ।
१० किमीमध्ये पुरुषतर्फ २ सय र महिलातर्फ १ सय जना, ५ किमी छात्रतर्फ ३ सय र ५ किमी छात्रातर्फ २ सय गरी कुल ८ सय जना दौड पूरा गर्ने खेलाडीलाई मेडल वितरण गरिएको थियो ।
विजेतालाई वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइराला, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल होटल एन्ड टुरिजम होटल म्यानेजमेन्ट बोर्ड अफ डाइरेक्टर किरण केसी, कृषि विकास बैंकका गण्डकी प्रदेश निर्देशक घनेन्द्र अधिकारी, मञ्चका सल्लाहकार महेश गुरुङ, पूर्व अन्तर्राष्ट्रिय खेलाडी गणेश भट्टराई, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट लगायतले मेडल, प्रमाणपत्र र नगद वितरण गरे ।
पोखरा रंगशालाबाट सुरु दौडको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरेका थिए । विभिन्न इभेन्टमा गरी करिब ३ हजार ५ सय धावकले भाग लिएका थिए ।
सफल दूधको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पहिलो इभेन्ट गत फागुन ७ मा सम्पन्न भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width