लायन्स लेकसिटीद्वारा आँखा जाँच

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७८
eye

पोखरा । लायन्स क्लब अफ पोखरा लेकसिटीले यहाँको अमरसिंह उच्च माविको दृष्टिविहीन शाखामा अध्ययनरत विद्यार्थीहरुको आँखाको दृष्टि कम भएका बालबालिकाहरुको परीक्षण गराएको छ ।
क्लबले त्यहाँ अध्ययनरत तथा आँखा कमजोर भएका ३९ जना बालबालिकाहरुको आँखा परीक्षण गराएको क्लबका अध्यक्ष कैलाश पालिखेले जानकारी दिए । अमरसिंहको दृष्टिविहीन शाखामा अध्ययनरत विद्यार्थीहरुको बेलाबेलामा परीक्षण गराउनुपर्छ । दृष्टि कम भएकालाई औषधीको आवश्यकता पनि पर्छ । उनीहरुको आवश्यकतालाई ध्यानमा राख्दै नेत्ररोग विशेषज्ञ डा. बबिता गुरुङ र नवीन बरालको सहयोगमा परीक्षण गरिएको कार्यक्रम संयोजक सुदीप प्रधानांगले जानकारी दिए । सो अवसरमा औषधी पनि वितरण गरिएको थियो । कार्यक्रममा लायन्स ३२५ बि १ नेपालका सिनियर एड्भाइजर शिव द्वा प्रमुख अतिथि थिए । लायन्स क्लब अफ पोखरा लेकसिटीले पछिल्लो समय शिक्षासँग जोडिएका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width