पोखरा । सरकारले ल्याएको सार्वजनिक खरिद नियमावली ११ औं संशोधन साना व्यवसायीको हितमा नभएको भन्दै निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् । उक्त नियमावली ठूला व्यवसायीको हितमा मात्र देखिएको उनीहरुको गुनासो छ ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अवसरमा उक्त असन्तुष्टी व्यक्त भएको हो ।
अधिवेशन उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘सीमित ठूला व्यावसायी हकमा मात्र सरकारले नियमावली संशोधन गरेर मुलुकका १७ हजारभन्दा बढी निर्माण व्यवसायीको उपेक्षा गरेको छ ।’ उनले अब सरकारले नियमावलीको १२ औं संशोधन ल्याउनु पर्ने माग गर्दै जायज माग वेवास्ता गरिए व्यवसायीहरु आन्दोलनका लागि तयार हुनुपर्ने बताए ।
निर्माण व्यवसायीका हकहितका लागि आवश्यक निर्णय लिन यही चैत १४ गते राष्ट्रिय सम्मेलन गर्न लागिएको पनि उनले जानकारी दिए ।
कोरोना महामारीकै कारण कति योजना समयमा निर्माण गर्न नसकिएको र अहिले निर्माण सामग्रीको मूल्य वृद्धि समेत भएका कारण यस स्थितिमा मूल्य समायोजन नभै काम गर्न नसकिने बताए ।
महासंघ गण्डकी प्रदेशतर्पmका उपाध्यक्ष खिमप्रकाश मल्लले महासंघका शाखामध्ये कास्की शाखा उत्कृष्ट रहेको बताए ।
एसोसियटतर्फका उपाध्यक्ष रामजी पन्तले सरकारले व्यवसायीका माग सम्बोधनमा राम्रोसँग ध्यान नदिएको आरोप लगाए ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीको २८ औं वार्षिक साधारणसभामा वक्ताले सार्वजनिक खरिद नियमावली ११ औं संशोधनप्रति असन्तुष्टी व्यक्त गरे
महासचिव रोशन दाहालले व्यवसायीले किन काम गर्न सकेनन् भन्ने नबुझेको गुनासो गरे । महासंघ गण्डकी प्रदेश अध्यक्ष टंकराज बरालले साना व्यवसायीको समस्यालाई ध्यान दिनु पर्नेमा जोड दिए ।
महासंघका उपमहासचिव शिवहरि घिमिरेले निर्माणमा बिमाको पनि ठूलो समस्या रहेको बताए । कोषाध्यक्ष धीरजकुमार श्रेष्ठले व्यवसायीहरु एक हुनुपर्ने धारणा राखे ।
कास्की शाखाका प्रमुख सल्लाहकार शिवशंकर गौचनले व्यवसायीका समस्याबारे छलफल हुनुपर्नेमा जोड दिंदै राजनीतिक पार्टीले जनइच्छा अनुसार काम गर्न नसकेको बताए ।
गण्डकी प्रदेश सांसद तथा नेकपा एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले निर्माण व्यवसायीले कम मूल्यमा नभै क्वालिटीको काम गर्नुपर्ने बताए ।
जनमोर्चा गण्डकीका अध्यक्ष शंकर बरालले नेपाल निर्माण व्यवसायी नेपाल निर्माणमा जुट्नु पर्ने र अस्वस्थ प्रतिस्पर्धा तुरुन्त बन्द गर्नुपर्नेमा जोड दिए ।
एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष श्रीनाथ बरालले निर्माण व्यवसायी राष्ट्रका मेरुदण्ड भएको बताउँदै राष्ट्र सेवक कर्मचारीले व्यवसायीलाई सहज वातावरण बनाउनु पर्ने बताए ।
नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले निर्माण व्यवसायी राष्ट्र निर्माणका कलाकार भएको उल्लेख गर्दै व्यवसायीले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए ।
माओवादी गण्डकी प्रदेश सचिवालय सदस्य विश्वप्रकाश लामिछानेले निर्माण व्यवसायी अनुकरणीय बन्नुपर्ने बताए ।
कार्यक्रममा निर्माण व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी पोखरेल, नवलपुरका अध्यक्ष जौमाया, तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठ, सम्मानित छात्रछात्रा आदित्य पहारी, मुनमुन मर्सानी, सुदर्शन तिमिल्सिना र सदीक्षा भण्डारीले मन्तव्य राखेका थिए ।
नेपाल निर्माण व्यवसायी संघ कास्की अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामराज अधिकारीले स्वागत तथा सचिव सुवर्ण श्रेष्ठले सञ्चालन गरेका थिए ।
कार्यक्रममा सचिव सुवर्ण श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लीलकाजी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोहबीच व्यवसायीका सन्ततिमध्ये एसइई उत्तीर्ण उत्कृष्ट ४ जनालाई पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेमा आदित्य पहारी, मुनमुन मर्सानी, सुदर्शन तिमिल्सिना र सदीक्षा भण्डारी छन् । कार्यक्रमका प्रमुख अतिथि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र कास्की अध्यक्ष सुरेश श्रेष्ठले उनीहरुलाई जनही २० हजार रुपैयाँ र निर्माण विद्या पदकद्वारा सम्मान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
मिसिङः केटी हराएको सूचना रिलिज
गाईभैंसीपालक कृषकलाई तालिम
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
hero news full width
मुख्य समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१