पारस र सावित्रालाई दशक अवार्ड

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७८
nsjf pulsar award

पोखरा । पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शन आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंमा १८ औं संस्करणको पल्सर स्पोर्टस् अवार्ड समारोह आयोजना गरी दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो । दशकको प्रशिक्षक अवार्डबाट भने क्रिकेटका जगत टमाटा सम्मानित बने । कोभिड–१९ का कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई दशक अवार्डबाट सम्मानित गरेको हो ।
पिपल्स च्वाइस अवार्ड भने टेबलटेनिसकी एलिना महर्जनले जितेकी गरिन् । उनले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भूर्तेललाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले इसेवा भोटिड, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा उनी विजेता बनेकी हुन् ।

पछिल्लो एक दशकमा नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिएको हो

दशक पुरुष, दशक महिला र दशक प्रशिक्षक र पिपल्स च्वाइस अवार्डबाट सम्मानित बनेका चारै जनाले ट्रफीसहित बजाज पल्सर मोटरसाइकल प्राप्त गरे ।
यस वर्ष गोल्डेन स्यायुट अवार्डबाट शरदचन्द्र शाहलाई सम्मान गरियो । नेपाली खेलकुदको जग हाल्न महत्वपूर्ण भूमिका खेलेका शाहलाई कार्यक्रममा लाइफटाइम अचिभमेन्टअवार्डअन्तर्गत मरणोपरान्त गोल्डेन स्यालुट अवार्डबाट सम्मान प्रदान गरिएको हो ।
यस्तै, एसियन स्पोर्टस् जर्नलिस्ट अवार्डबा कुवेतका सद्दाम अल खाली सम्मानित भए । उनको सम्मान एआइपिएस एसियाका महासचिव अमजद अजिज मलिकले ग्रहण गरेका थिए ।
स्पेसल अवार्ड खेलकुद क्षेत्रमा लामो समय चिकित्सकीय सेवा गरेका अजय राणा र पर्फमर अफ दी इयरबाट एथलेटिक्सकी पुष्पा भण्डारी पाए । पारा एथलिट अवार्डबाट बास्केटबल, पावर लिफ्टिडकी सरिता थुलुङ सम्मानित हुँदा टिम अफ दि इयरबाट थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) सम्मानित बनेको थियो । विधागततर्फका विजेताले ट्रफीसहित जनही ५० हजार रुपैयाँ प्राप्त गरेको नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बताए ।
विजेता तथा सम्मानित खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव कुलबहादुर थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदार रेग्मीसहित विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तित्वले पुरस्कार प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width