सातौं लमजुङ महोत्सवको तयारी सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७८
lamjung festival

लमजुङ । लमजुङको बेंसीसहरमा चैत २५ गतेबाट सञ्चालन हुने सातौं लमजुङ महोत्सवको तयारी थालिएको छ । गण्डकी प्रदेशस्तरीय महोत्सव भनिएको उक्त महोत्सवको नारा ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड– १९ पछिको व्यवसाय पुनस्र्थापन’ राखिएको छ ।
महोत्सवमा टिकट बिक्रीबाट प्राप्त हुने रकममा प्रति टिकट १० रुपैयाँ सामाजिक सेवा कोषको लागि छुट्याइने लउवा संघका अध्यक्ष गुणराज सिलवालले बताए । उनका अनुसार सहजीखेल मैदान विकास समितिका लागि २ रुपैयाँ, दैवीप्रकोप उद्धारकोषमा ३ रुपैयाँ, आदर्श महिला तथा बालविकास केन्द्रलाई १ रुपैयाँ, मानव सेवा आश्रमलाई १ रुपैयाँ, सर्वोदय ज्येष्ठ नागरिक आरोग्य आश्रमलाई १ रुपैयाँ तथा पत्रकार महासंघ भवन निर्माण सहयोगका लागि २ रुपैयाँ छुट्याइने छ ।
जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्ने एव स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने महोत्सवको लक्ष्य रहेको आयोजकको भनाइ छ ।
महोत्सवको उद्देश्यमा कोभिड १९ को प्रवाभले सुस्ताएको जिल्लाको पर्यटन ब्यवसायलाई पुनरुत्थान गरी टेवा पु¥याउने, जिल्लामा व्यावसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी निर्यातजन्य उत्पादनका लागि प्रोत्साहन गर्ने, स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रवद्र्धन गर्ने, परम्परागत सीपसँगै प्रविधिको प्रवद्र्धन गर्ने, कला संस्कार, संस्कृतिको जगेर्ना, नव प्रतिभालाई प्रोत्साहन र प्रवद्र्धन गर्ने, नेपाल पत्रकार महासंघको निर्माणाधीन भवनलाई सहयोग, आदर्श बाल गृह, सर्वोदय जेष्ठ नागरिक आश्रम र मानवसेवा आश्रम सहयोग प्रदान गर्ने तथा जिल्लाका पर्यटकीय गन्तव्य एवं होमस्टेहरुको थप प्रवद्र्धन गर्ने रहेको आयोजकको भनाइ छ ।
महोत्सव यही चैत २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म हुने भएको लउवासंघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए । उनका अनुसार यस वर्षको महोत्सव बेंसीसहर नगरपालिका– ७, सहजीखेल मैदानमा हुने भएको छ । यसअघिका महोत्सव बेंसीसहर ८ को दनाईफाँटमा हुँदै आएको थियो । महोत्सवमा करिब २ सय स्टल रहनेछन् ।
महोत्सवका विशेष कार्यक्रममा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, गण्डकी प्रदेशभित्र रहेका उद्योग तथा व्यावसायिक प्रतिष्ठानहरुको विशेष प्रदर्शनी हुने छन् । त्यस्तै, कृषि, पुष्प तथा जडीबुटी प्रदर्शनी, ठाडोभाकासहित विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, लोक दोहोरी, फोटो तथा वृत्तचित्र प्रदर्शनी, होमस्टे प्रवद्र्धनात्मक कार्यक्रम, जातीय एवं सांस्कृतिक संग्रहालय, विद्यालयस्तरीय नृत्य कार्यक्रम, झाँकी तथा ¥याली प्रदर्शनी, विविध मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, नव प्रतिभा, स्थानीय एवं विभिन्न विधाका राष्ट्रिय कलाकारहरूको प्रस्तुति, आन्तरिक पर्यटन प्याकेज टुर तथा आन्तरिक पर्यटन सूचना केन्द्र, नाटक प्रर्दशनी हुनेछ । यसैगरी, साहित्यिक कार्यक्रम, कार्यशाला गोष्ठी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी तथा महिला समूह नृत्य प्रतियोगिता रहेको भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width