पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८ सुरु भएको छ ।
कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले प्रतियोगिता उद्घाटन गर्दै आफू पनि लामो समयदेखि टेनिस खेल्दै आएको बताए । उनले यो खेलले जित्ने हौसला प्रदान गर्ने, आत्माविश्वास बढाउने, शारीरिक तथा मानसिक रुपमा बलियो बनाइराख्ने बताए । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हरेक वर्ष २ लाख रुपैयाँ सहयोग गर्ने तथा खेलाडीको वृत्तिवकासका लागि आफ्नो बुवाआमाको नाममा ४ लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गरे ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश खेलकुद विकास समिति, गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, फिस्टेल एकेडेमीका प्राचार्य चिनु रानाभाट, गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्का, टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ लगायतले पोखरामा टेनिस खेलले राम्रै सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे । संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका सदस्य मोनिका थापा र सचिव नवीन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
उद्घाटन खेलमा आर्यषराज पौडेलले विजयी सुरुवात गरेका छन् । ८ वर्षमुनिका नेपाल च्याम्प पौडेलले आफ्नै उमेर समुहको खेलमा रेयान्सबहादुर भट्टराईलाई पराजित गरेका हुन् । ८ वर्ष मुनिका अन्य खेलमा नीरज टण्डनले आदित्य केसीलाई, नीतेस थापाले इभान भट्टराईलाई, सुभान केसीले प्रान्सु कायस्थलाई पराजित गरे । ८ वर्ष मुनिकै गल्र्सतर्फ सारा पन्तले जेनोभा शर्मालाई तथा जिवाश्रीले केजिया शाक्यलाई पराजित गरिन् ।
१४ वर्ष मुनिको गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले आदिती पराजुलीलाई तथा सिभाली गुरुङले स्वस्तीका विष्टलाई पराजित गरिन् । १४ वर्षमुनिको ब्वाइज सिंगल्समा राजवीर प्रधानले स्पर्श क्षेत्रीलाई, निसाद जोशीले जीवन सुनारलाई, सृजन भट्टराईले शास्वत बज्राचार्यलाई तथा दर्शील श्रेष्ठले एड्रिन थापालाई पराजित गरेका छन् ।
प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उपविजेताले गिफ्ट ह्याम्पर तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाइज एन्ड गल्र्स सिंगलका विजेताले ८ हजार, उपविजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यु–१४ ब्वाइज एन्ड गल्र्स सिंगलतर्फ विजेताले १२ हजार, उपविजेताले ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यु–१६ ब्वाइज एण्ड गल्र्सतर्फ विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, ओपन ब्वाइज एण्ड गल्र्स डबल्सतर्फ विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
आहारारा सफल पार्न संघसंस्थासँग छलफल
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१