परस्पर विरोधी दुई दल वा व्यक्ति तथा राष्ट्रका बीचमा एकले अर्कालाई दमन गर्ने, हराउने वा मार्ने उद्देश्यले गरिने आक्रमण वा लडाइँ नै युद्ध हो । मानवजीवनको इतिहासमा युद्ध एउटा अभूतपूर्व घटना मानिन्छ । युद्ध एउटा अभिशाप बनेर आउँछ र पछाडि एउटा दुखद् घटना बनेर जान्छ । युद्धका पछि धेरै सैनिकहरुको बिचल्ली हुन्छ, कैयौं नागरिकहरुको मुत्यु हुन्छ, घाइते हुन्छन्, बेघरबार हुन्छन् । फेरि हामी पूर्वीय दर्शनमा आस्था भएकाहरुलाई युद्ध र यसको त्रासदीका बारेमा कुनै नौलौ नै छैन । सत्ययुगमा देवासुर संग्राम, त्रेतायुगमा राम र रावणको युद्ध अनि द्वापर युगको महाभारतको युद्ध, यी सबैले पूर्वीय दर्शनमा केही न केही प्रभाव छोडेर नगएका हैनन् । हाम्रो समाज, कला, संस्कृति र दर्शन सबै नै यिनैका परिणामको वरिपरि घुमिरहेका छन् ।
१८ दिनसम्म चलेको महाभारत युद्धका पछि त्यसको परिणामलाई भोग्दै युधिष्ठिरले ३६ वर्ष शासन गरे तर उनको शासनकालमा भारतवर्षमा केवल महिला र केटाकेटी, अपांग र घाइते मात्र रहेका थिए । यस्तो अवस्थामा विकास र समृद्धिको कल्पना गर्न सकेका थिएनन् केवल दिनचर्याको मात्र सवाल रहेको थियो त्यो पनि निर्वाहमुखी । यो युद्धको कारण साधारण दाजुभाइबीचको अंशबण्डा र व्यक्तित्वको टकराव थियो । युद्धका लागि ठूलो कारणको आवश्यकता पर्दैन । यसको उदाहरणका रुपमा हामीले पृथ्वीमा भएका प्रथम र द्वितीय विश्वयुद्धलाई लिन सकिन्छ । प्रथम विश्वयुद्धका अरु आन्तरिक कारणहरु जे भए पनि तत्कालीन कारण भने २८ जुन सन् १९१४ मा बोस्नियाको राजधानी सेराजेवामा त्यहाँका आतंककारीले अस्ट्रियाका युवराज आर्कड्युक फ्रान्सिस फर्डिनेन्ड र उनकी पत्नीको हत्या गरेका थिए । त्यसैको निहुँमा अस्ट्रियाले सर्बियामा आक्रमण ग¥यो र रुसले अस्ट्रियालाई समर्थन गरेर युद्धमा होमिएको थियो भने जर्मनीले रुसविरुद्ध युद्धको घोषणा ग¥यो यसरी प्रथम विश्वयुद्धको बीजारोपण भएको थियो ।
प्रथम विश्वयुद्ध (सन् १९१४—१९१८) को डरलाग्दो रुपलाई देखेर मानिसहरुले अब यसको तुलनामा दोस्रो कुनै युद्ध हुँदैन र भयो भने पनि त्यसले मानव सभ्यताको सम्पूर्ण रुपलाई नष्ट गर्दछ भन्ने थियो । तर यो युद्धको २०–२१ वर्षपछि नै विश्व फेरि दोस्रो विश्वयुद्धको चपेटामा पर्यो । जुन पहिलो विश्वयुद्धको तुलनामा ज्यादै नै डरलाग्दो, विनाशकारी र व्यापक थियो । यो युद्धका कुनै आकस्मिक घटना नभएर त्यतिबेलाको पेरिस सन्धिको परिणाम, हतियारको होडबाजी, उपनिवेशहरुको खोजी, आर्थिक मन्दी, राज्यहरुबीचको गुटबन्दी, तुष्टीकरणको नीति, तानाशाही शक्तिहरुको उदय र पोल्यान्डमाथि जर्मनीको आक्रमण थियो । सैनिक गुटबन्दीको सुरु, धनजनको क्षति, साम्यवादको बिस्तार, शीतयुद्धको सुरुआत यसका नराम्रा पक्ष थिए तर केही सकारात्मक रुप पनि यसले भूतलमा छोड्यो ती थिए–साम्राज्यवादको ह्रास, विज्ञानको प्रगति, अन्तर्राष्ट्रिय सहयोगको विकास र विश्वको छाता सुरक्षाको संगठन संयुक्त राष्ट्रसंघको स्थापना । यो युद्धका सकारात्मक पक्षका तुलनामा नकारात्मक पक्ष नै बढी थिए ।
युद्धको चपेटामा परेका युक्रेनका बालबालिकाहरु र सर्वसाधारण
अहिले त्यही प्रथम र द्वितीय विश्वयुद्धको झल्को दिने गरी रुस युक्रेनबीच युद्ध भइरहेको छ । आजका दिनसम्म तेस्रो विश्वयुद्धको सुरु त भएको छैन तर भोलि त्यो पनि नहोला भनेर भन्न सकिने अवस्था छैन । युक्रेनमा तीन वर्ष अगाडि हास्य टेलिशृंखलाको लोकप्रियताले युक्रेनका जनताबीच ‘सर्भेन्ट अफ द पिपल’ नामक पार्टीबाट चामत्कारिक नेतृत्वमा उदाएका राष्ट्रपति जेलेन्स्कीले शासन गरिरहेका छन् । उनले अहिले लडाइँका लागि रुसविरुद्ध पश्चिमका राष्ट्रहरुलाई आह्वान गरिरहेका छन् । पश्चिमाहरुले हिजो युक्रेनी राष्ट्रपतिलाई उक्साए पनि युद्ध सजिलो छैन भनेर हुनसक्छ, उनीहरु मुखमात्रै लागिरहेका छन्, आश्वासनमात्र दिइरहेका छन् तर सेनालाई रसियाविरुद्ध होम्न सकेका छैनन् । यदि युक्रेनका राष्ट्रपतिले गरेको अनुरोधअनुसार पश्चिमाहरु रुसविरुद्ध युद्धको आह्वान गरेको खण्डमा यो युद्ध तेस्रो विश्वयुद्धका रुपमा परिणत हुनेछ र त्यसको परिणाम विश्वका जुनसुकै कुनाका निर्दाेष नागरिकले भोग्नुपर्दछ, जुन अहिले युक्रेनका जनताले भोगिरहेका छन् । विश्वका अधिकांश मुलुकमा तेल र प्राकृतिक ग्यासको निर्यात गर्ने मुलुक, रुसमा ती इन्धनका स्रोतहरु ठप्प हुँदा अहिले मूल्य बढेर भयावह भएको अवस्थाले गर्दा यी दुई देशबीचको लडाइँको मारमा विश्व नै परिरहेको छ । नेपालमा तेलको मूल्य आकासिएको छ, जसले गर्दा खाद्यान्नलगायत वस्तुहरुको मूल्य बढेको बढ्यै छ । अझ केही दिन यस्तो अवस्था रहेको खण्डमा दैनिकीमै जटिलता आउन सक्दछ । अझ तेस्रो विश्व युद्ध भए त्यसको परिणामबारे त कल्पना गर्न पनि सकिँदैन ।
जताततै गोली र बारुद अनि बमको मात्र आवाजमा नागरिक र बालबच्चाले बंकरका भित्र टाउको लुकाएर बसेका छन्
सन् १९८९ मा मिखाइल गोर्वाचोभले हिजोको शक्तिशाली रुसलाई टुक्र्याएर १५ वटा गणराज्यमा परिणत गरिदिए । युक्रेन त्यतिबेला सबैभन्दा शक्तिशाली आणविक हातहतियारले सुसज्जित थियो । पश्चिामाहरु युक्रेनमा रहेका हतियारदेखि डराएर सन् १९९४ मा रुससँग सम्झौता गरी युक्रेनले ती आणविक हतियार रुसलाई सुम्पिएर आफू हतियारविहीन अवस्थामा पुगेको थियो । युक्रेनले अहिलेको अवस्थाको कल्पना गरेको थिएन । रुसले युक्रेनलाई स्वतन्त्र राष्ट्रका रुपमा मान्यता नदिएर जहिले पनि आफ्नो प्रभावमा राख्न चाहेको थियो । युक्रेनमा रुसले आफू समर्थक लडाकुलाई उक्साएर गृहयुद्ध गराएर सधैं अस्थिरता ल्याइनै रहेको थियो र त्यहाँका गुरिल्लाहरुलाई हतियार सप्लाई गरेर युक्रेनमा अशान्ति मच्चाइरहेको थियो । युक्रेनका राष्ट्रपतिले पनि आफ्नो हैसियतको मूल्यांकन नगरेर पश्चिमाहरुको उक्साहटमा आफूलाई जबरदस्तरुपमा रुसविरुद्ध उभ्याइरहे । यसले गर्दा यी दुई साँढेको जुधाइमा सर्वसाधारण नागरिकले अनाहकमा ज्यान गुमाउन र शरणार्थीका रुपमा भोक र निद्रा नभनी हजारौं किलोमिटर पैदल यात्रा गरेर भाग्नु परेको छ ।
अहिले युक्रेन सरकारले सर्वसाधारणलाई हतियार दिइरहेको छ । कानुनको शासन नभएकाले जसले जतिबेला जे गर्न पनि छुट रहेको छ । जताततै गोली र बारुद अनि बमको मात्र आवाजमा नागरिक र बालबच्चाले बंकरका भित्र टाउको लुकाएर बसेका छन् । कोही आफ्ना काखमा रहेका बालबच्चाहरुलाई शिविरमा सुम्पिएर आफू युरोपतिर भागिरहेका छन् । युक्रेनमा अत्यधिक चिसो र हिउँ भएकाले बूढाबूढीहरु हिँड्न नसकेर बाटामा लडिरहेका छन् । धेरै विदेशी नागरिकहरु पनि सुरक्षित गन्तव्यको अभावमा अलपत्र परेका समाचार सुन्नमा आएका छन् । नेपालीहरु पनि करिब ८ सयदेखि १हजारको संख्यामा त्यहाँ भएका र केहीको उद्दार भएको तर केहीको हुन नसकेको खबर छ । भारतलगायत कतिपय मुलुकहरुले आफ्ना नागरिकको एउटा अभियान नै चलाएर उद्दार गरिसकेको छ तर नेपाल सरकार आफ्ना नागरिकप्रति उत्तरदायी नभएर नै होला पर्ख र हेरको अवस्थामा अरुले गरिदिन्छन् कि भनेर आह्वानका भरमा मात्र बसेको छ ।ra
अहिले धेरै देशहरुले सन्तुलित परराष्ट्र नीति अपनाएका छन् । संयुक्त राष्ट्रसंघमा मतदान हुँदा भारतलगायत धेरै देशहरु मतदानमा भाग नलिएर स्वतन्त्र रहे भने नेपालले एउटा आलोकाँचो निर्णय गरेर हिजोको असंलग्न परराष्ट्रनीतिविरुद्ध रुसविरुद्धमा मतदान गरेको छ । जहासम्म लाग्छ नेपालले कसैको उक्साहटमा संयुक्तराष्ट्र संघमा कुनै राज्यविरुद्धमा मतदान गरेको यो नै पहिलो होला । यस्ता दूरगामी प्रभावका कुरामा परराष्ट्रनीतिमा असंलग्नता अपनाएको नेपालले सोचेर अगाडि बढ्नुपर्ने देखिन्छ । आगामी दिनमा हामी यो युद्ध ती दुई देशबीच नै चाँडै टुंगियोस् र त्यहाँका निर्दाेष नागरिकहरुको ज्यानको सुरक्षाका साथै सबैले बाँच्न र खान पाउने मानवीय अधिकारको सुरक्षाको कामना गर्दछौं अनि दुइटा सन्काहा शासकहरुको जुधाइमा निर्दाेष बालबच्चाहरु बंकरभित्र टाउको लुकाएर बसेका छन्, चाँडै नै मुक्त आकाशमा रमाउन पाऊन् भन्ने कामना !
Related News
सम्बन्धित समाचार
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
hero news full width
मुख्य समाचार
आज पोखराको विशेष नगर सभा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१‘नगर सभाको एजेण्डा संविधानविपरीत’
मंसिर १९, २०८१सबै हलमा बक्स अफिस, बदमासी गर्नेलाई कारबाही : दिनेश डिसी
मंसिर १९, २०८१नेपाललाई चीनको ९ अर्ब अनुदान
मंसिर १८, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१