प्रदेशका २७ प्रशिक्षकलाई ‘कोचिङ कोर्ष’

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
ANFA Coaching Photo

पोखरा । कास्कीमा कम्युनिटी कोचिङ कोर्ष (फुटबलतर्र्फ) सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोग र कास्की जिल्ला फुटबल संघको आयोजनामा आइतबारदेखि कोचिङ कोर्ष सुरु भएको हो ।
पोखरा रंगशालामा सुरु भएको कोर्षको प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले उद्घाटन गरे । चैत ६ गतेदेखि सुरु भएको कोर्ष ९ गतेसम्म चल्नेछ । कोर्षमा गण्डकी प्रदेशभरका २७ जना प्रशिक्षकको सहभागिता छ । उनीहरुलाई प्रशिक्षक सञ्जित सिंहले प्रशिक्षण दिनेछन् ।
उद्घाटन कार्यक्रममा परिषद्का उपाध्यक्ष गुरुङले कोचिङ कोर्षले असल खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । ‘असल प्रशिक्षकले असल खेलाडी उत्पादमा सहयोग पुर्‍याउँछ,’ उनले भने, ‘असल खेलाडी भएमा समाज पनि असल हुन्छ ।’ प्रदेश खेलकुदले पनि कोच उत्पादनका लागि ३ महिने कोर्ष चलाइरहेको उनले जानकारी दिए ।
कार्यक्रममा आयोजक कास्की जिल्ला फुटबल संघका अध्यक्ष आफूहरु सधैं फुटबल खेल विकासमा लागेको बताए । नेतृत्वले कुराभन्दा काम गर्ने हो भने सबै क्षेत्र राम्रो हुने उनको भनाइ थियो । लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष नवीन पुनले फुटबलका लागि खेलाडीमात्र राम्रो भएर नहुने भन्दै प्रशिक्षक अझै राम्रो हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रशिक्षक शम्भु केसीले पछिल्लो समय फुटबलमा नयाँ नयाँ टेक्निक आएकाले प्रशिक्षण कार्यक्रम बढी आवश्यक रहेको बताए । कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले कास्कीमा फुटबलको गतिविधि बढ्न थालेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width