विज्ञापन कर नतिर्ने व्यवसायीको अडान

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७८
pcci

पोखरा । व्यावसायिक प्रचारका लागि पसलले टाँगेको बोर्डको विज्ञापन कर तिर्नुपर्ने दबाबपछि पोखराका व्यवसायीहरु आतंकित बनेका छन् । उनीहरुले दोहोरो कर खारेज गर्नुपर्ने मागसहित यसको कडा शब्दमा निन्दा गरेका छन् ।
विज्ञापन करको लागि थमाइएको पत्रमा हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको बोर्डको शुल्क लाग्ने उल्लेख छ । पोखरा महानगरसँग होर्डिङ बोर्डको ठेक्का लिएको साइन हव कम्पनीले पठाएको पत्रबाट व्यवसायीहरु आक्रोशित बनेका हुन् ।
राज्यका निकाय र महानगरपालिकालाई व्यवसायसहित अन्य कर तिरेर संचालन गरिरहेको व्यवसायको प्रचार गर्न पाउनुपर्ने उनीहरुको जिकिर छ । तर, आर्थिक वर्ष २०७८÷०८९ को लागि १ करोड ५ लाखमा विज्ञापन करको ठेक्का लिएको सो कम्पनीले दाबी छाडेको छैन ।
यसैक्रममा पोखरा उद्योग वाणिज्य संघले महानगरको सहमतिमा भएको उक्त ज्यादति स्वेत आतंक हो भन्दै फिर्ताको माग गरेको छ । संघका महासचिव सुरेन्द्रमान विजुक्छेले विज्ञप्ति जारी गर्दै विज्ञापन करको नाममा मच्चाइएको स्वेत आतंक बन्द गर्न माग गर्दै अन्यथा कदम चाल्ने चेतावनी दिएका छन् । ‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ, दर्ता शुल्क, आयकर,व्यवसाय करसहितका सबै कर तथा मूल्य अभिवृद्धि कर संकलन गर्दै राज्यलाई भुक्तान गर्दै आएका व्यवसायीको सार्वभौम अधिकार हो’,विज्ञप्तिमा भनिएको छ,’ कानुनले दोहोरो कर बर्जित गरेको छ । व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानुनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण एवं स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक अधिकारमाथिको पनि धावा हो ।’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width