पोखरा भाँडा व्यवसायी संघको सभा

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
pokhara bhada sangh

चैत । पोखरा भाँडा व्यवसायी संघ कास्कीको १५ औं सभा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले करको नाममा सरकारले व्यवसायीलाई आतंकित पार्ने काम गरेको आरोप लगाए । सामान्य व्यावसायिक प्रवद्र्धनका लागि आफ्नै व्यवसाय परिसरमा राखिएको सामान्य सूचना पाटीको समेत कर लिने नीतिका कारण व्यवसायी दोहोरो करको पेलाइमा परेको समेत उनको भनाइ थियो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले कोबिडका कारण विस्थापित व्यवसायीलाई पुनःस्थापित गर्न सरकारले व्यवस्थित र विश्वासिलो नीति लिन अनुरोध गरे ।
कार्यक्रममा एसइई र प्लस टुमा उत्कृष्ट नतिजा ल्याउन सफल व्यवसायीका ३ जना छोराछोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट भाँडा व्यवसायी पुरुषोत्तम श्रेष्ठलाई सम्मान गरियो ।
संस्थाले पोखरा १२ स्थित सरस्वती आधारभूत विद्यालयका १ सय ५३ जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको संघका अध्यक्ष नरेन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा क्षेत्रमा आजीवन सदस्य ७६ जना र साधारण सदस्य १ सय ५ जना रहेका छन् । संघको साधारण सदस्यको लागि १५ सय र आजीवन सदस्यका लागि १० हजार तोकेको समेत कार्यक्रममा जानकारी दिइयो ।
संघले १ वर्षमा विविध गतिविधिका लागि ४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ भने क्यालेन्डर प्रकाशन सदस्यता शुल्क र अन्य सहयोगबाट ६ लाख ५० हजार आम्दानी गरेको संघका कोषाध्यक्ष ओकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा वडा ३ का वडाध्यक्ष रवीन्द्रबहादुर प्रजु, एलपी ग्यासका सञ्चालक बालकृष्ण कोइराला, प्लास्टिक व्यवसायी संघ अध्यक्ष राम गौतम लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width