लेखनाथ । प्रशासनिक भवन अभावमा भाडामा सीमित पोखरा महानगरपालिका वडा ३१ कार्यालयले आगामी १५ महिनाभित्र आफनै प्रशासनिक भवन पाउने भएको छ ।
साविक लेखनाथको बेगनासताल नजिक मत्स्य अनुसन्धान केन्द्रको मातहतमा रहेको करिब ८ रोपनीमध्ये वन विभाग र सिंचाइको सिफारिसमा मन्त्रिपषिदको निर्णयबाट ३ रोपनीमा वडा कार्यालय भवन निर्माण हुने भएको हो ।
भवनको शुक्रवार पूर्व गृहमन्त्री खगराज अधिकारीले शिलान्यास गर्दै विकास निर्माणका काम भने जस्तो सहज नहुने र प्रक्रिया मिलाएर गर्दा ढिला भए पनि राम्रो काम भएको बताए । विकास निर्माणका नाममा मुद्दा मामिला गर्न छोडेर साझा अवधारणाले अगाडि बढ्ने हो भने असम्भव काम पनि सम्भव हुने उनको भनाइ थियो । राजनीतिमा प्रतिस्पर्धा गरे पनि विकास निर्माणका काममा साझा अवधारणाले अगाडि बढ्न सबैलाई अनुरोध गर्दै नेता अधिकारीले यो क्षेत्रको विकासमा आफनोतर्फबाट सक्दो सहयोग भइरहेको दाबी गरे ।
गण्डकी प्रदेश विकास समिति सभापति दीपक कोइरालाले प्रशासनिक भवनको समयमा नै सम्पन्न हुनेमा विश्वास ब्यक्त गर्दै वेगनास क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गराउनका लागि पोखरा आएका पर्यटकलाई यस क्षेत्रमा भित्राउन सबैको साथ र सहयोग आवस्यक हुने बताएका थिए ।
तीनतले भवन आगामी २०८० सालसम्म सक्ने लक्ष्य छ
कार्यक्रममा पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले जनसरोकारका काम हुने प्रशासनिक भवन समयसापेक्ष अनुसार सुविधायुक्त हुनुपर्नेमा जोड दिंदै महानगरपालिकाभित्र अहिलेसम्म ८ वटा वडामा नयाँ प्रशासनिक भवन सम्पन्न भएको र ११ वटा वडाको भवन स्तरोन्नति गरी प्रशासनिक काम सम्पादन हुँदै आएको जानकारी दिएकी थिइन् ।
वडाध्यक्ष कमलबहादुर थापाले सबैको साथ र सहयोग वडाको नाममा जग्गा प्राप्ति गर्न सकिएको र अब छिट्टै निर्माण कार्य सम्पन्न गरी सोही ठाउँबाट जनताका कामलाई सहज र सरलरुपमा सेवा प्रदान गर्न सकिने विचार राख्दै यस पुण्य काममा सबैको सहयोगको अपेक्षा गरेको बताए ।
पोखरा महानगरपालिकाका इ. पूर्णबहादुर गुरुङले करिब ४ करोड ८३ लाखको लागत इस्टमेट भए पनि बोल–कबोलबाट ३ करोड ६ लाखको लागतमा तीनतले भवन निर्माण हुने सम्झौता भएको र उक्त भवन २०८० को जेठभित्र सम्पन्न गरि सक्ने जानकारी गराएका थिए ।
कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष चिरञ्जीवी बञ्जरा, कांग्रेसका वडा सभापति महेश पौडेल, माओवादी केन्द्रका अध्यक्ष भरत ढकाल, जनता समाजवादी पार्टीका गण्डकी प्रदेश सदस्य मधुकर न्यौपाने र सम्पूर्ण महिलाहरुको तर्फबाट वेगनासताल महिला समूह अध्यक्ष दुर्गा अधिकारी, स्थानीयको तर्फबाट दीननाथ ढकाल लगायतले राजनीतिक स्वार्थ भन्दा माथि उठेर विकास निर्माणका काम गर्नु पर्ने सुझाव राखेका थिए । वडाध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव दुर्गा न्यौपानेले सञ्चालन र स्वागत मन्तव्य वडा सदस्य पूर्णखर पाण्डेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१