पोखरा । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सफल पार्न नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचनकेन्द्रित कार्यक्रम तय गरी शुक्रबारदेखि प्रतिनिधि खटाएको छ ।
प्रदेशका ११ जिल्लाअन्तर्गत ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचनकेन्द्रित कार्यक्रम तय गरी ७२ जना प्रदेश सदस्यलाई खटाइएको हो । खटिएका सबै प्रतिनिधिलाई एकदिने प्रशिक्षणसमेत प्रदान गरिएको छ ।
प्रक्षिक्षणमागण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पाटीको तल्लो तहसम्म पुर्याउन प्रतिनिधि भूमिका अहम हुने बताए । उनले कांग्रेसले गर्ने निर्णय देश र जनताप्रति हुने गरेको कुरा इतिहासले देखाएको बताए । उनले भने, ‘एमसिसी नेकपा एमालेका पालामा पेश भएको हो । कांग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन, राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो ।’
कांग्रेसका नेता रामचन्द्र पोखरेलले अभियानमा जनताको विश्वास जितेर आउन प्रतिनिधिलाई सुझाव दिए । प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले कार्यकर्तासँगै पार्टीको सिद्धान्त, नीति र विचारलाई आमजनतामा पुर्याउने अभियान सफल हुने विश्वास लिए ।
अर्का महामन्त्रि विष्णु लामिछानेले पार्टीका नेता र कार्यकर्तासहित जनताका घरघरमा गएर निर्वाचन केन्द्रित प्रशिक्षण आवश्यक रहेको बताए । प्रशिक्षकद्वय प्राडा कुसुमाकर न्यौपाने र डा शेरषरमण न्यौपानेले विषयबस्तुमाथि प्रशिक्षण दिएका थिए । प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो प्रतिवेदन बुझाउनु पर्ने छ ।
Related News
सम्बन्धित समाचार
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
निर्वाचनमा जनतामाझ उपलब्धिपत्र लिएर जानुपर्छ: काँग्रेस महामन्त्री थापा
काँग्रेसको सय दिने अभियान मादीमा
प्राविधिक शिक्षाका लागि कोइकासँग सवा अर्बको सम्झौता
माछापुच्छ्रेमा माओवादी केन्द्रको ज्ञापनपत्र
hero news full width
मुख्य समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
माघ ४, २०८१पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१