खैरेनीटार । तनहुँमा दुई महोत्सव एकै मिति, समय र स्थानमा हुने भएका छन् । व्यवसायीहरुबीच खिचातानीका कारण महोत्सवलाई जुधाँइएको हो ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघ र शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले यही चैत २४ देखि वैशाख ५ सम्म खैरेनीटारमा महोत्सव गर्न लागेका हुन् ।
शुक्लागण्डकी उद्योग वाणिज्य संघको आयोजना गर्न लागेको महोत्सवको नाम हो–शुक्लागण्डकी महोत्सव । अर्को शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले आयोजना गर्न लागेको महोत्सवका नाम हो– शुक्लागण्डकी खैरेनीटार महोत्सव ।
एउटै ठाउँ र समयमा २ महोत्सवको मिति घोषणा गरिंदा यस क्षेत्रका व्यवसायी भने अन्योलमा परेका हुन् । सबै व्यवसायीको चाहना शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ र शुक्लागण्डकी उद्योग वाणिज्य संघ एउटै रुपमा प्रस्तुत भएर एउटै महोत्सव हुनुपर्नेमा जोड छ । साथै व्यवसायीले व्यवसायमा आँच नआउने गरी तथा असर नपर्ने गरी महोत्सव गर्न सुझाव दिएका छन् ।
यसअघि, शुक्लागण्डकी उद्योग वाणिज्य संघले महोत्सवको मिति घोषणा गर्दै तयारी थाल्दा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको छ । खैरेनीटारमा हुने शुक्लागण्डकी खैरेनीटार महोत्सवमा करिब २ सय २५ स्टल रहने भएका छन् ।
आयोजकका अनुसार हालसम्म करिब १ सय ओटा स्टल बुकिङ भइसकेको पनि जनाएको छ ।
महोत्सव जुधाउँदा व्यवसायीहरु भने अन्योलमा
पत्रकार सम्मेलनमा बोल्दै शुक्लागण्डकी ७ का वडा अध्यक्ष रामबहादुर क्षत्री थापाले एउटै समय र स्थानमा महोत्सव गर्दा कति लाभांश होला भनी जिज्ञासा राखेका थिए । उनले विभाजित भएर होइन मिलेर महोत्सव गर्नुपर्नेमा जोड दिए । उनले वडा ७ लाई आत्मनिर्भर बनाउन प्रयास गरेको समेत जानकारी दिए ।
महोत्सवका प्रवक्ता हरिबहादुर थापाले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आयोजना गरेको एउटै समय र स्थानको महोत्सव स्थगित गरी आफूहरुलाई सहयोग गर्न अनुरोध गरे ।
कार्यक्रममा खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थले महोत्सवले ठाउँको पहिचान गराउने बताउँदै महोत्सवबाट हुने नाफाले बजार व्यवस्थापन गरिने जनाए । यस्तै उनले महोत्सवमा बालकलाकारलाई फोकस गरिने र कालिज चराको स्टल पनि रहने बताए ।
महोत्सवका निर्देशक समुद्रराम श्रेष्ठले महोत्सवबारे प्रकाश पार्दै महोत्सवबाट हुने आम्दानीको ४० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गरिने बताए । उनले यस महोत्सव नगर उद्योग वाणिज्य संघ बनेपछिको पहिलो महोत्सव भएको समेत जनाए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ अध्यक्ष उज्वल पौडेलले महोत्सवले महोत्सव किन, के र कसका लागि भन्ने कुरालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा शुक्लागण्डकी नागरिक समाज अध्यक्ष खेमराज खनालले यस महोत्सव शुक्लागण्डकी नगरपालिकाको सबै वडाको महोत्सव बन्नुपर्ने बताए ।
खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका सचिव तथा महोत्सव प्रवक्ता हरिबहादुर थापाले स्वागत र इकाइ सचिव प्रमोद लामिछानेले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरले आजदेखि करार कर्मचारीलाई हाजिर नगराउने
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१