गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्धः गृहमन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७८
home minister

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् ।
कांग्रेसले बिहीबार रुपन्देहीको फर्साटिकरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अप्ठ्यारो परिस्थितिमा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न कांग्रेसले चाहेको बताए ।
स्थानीय निर्वाचनको मिति नजिकिंदै गरेको अवस्थामा गृहमन्त्री खाँणले स्थानीयस्तरमा गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय तहको निर्वाचन जित्नुपर्ने बताए । ‘तल्लो तहसम्म गाउँ र नगरमा विकास हुन कांग्रेसले स्थानीय निर्वाचनमा जित्नुपर्छ । शान्ति र स्थायित्वका लागि कांग्रेसले आगामी निर्वाचन जित्नुपर्छ,’ गृहमन्त्री खाणले भने ।
उनले अमेरिकी सरकारले नेपाललाई दिएको अनुदान अमेरिकी सहयोग (एमसिसी) जनताको पक्षमा र जनताको हितमा रहेको बताए । एमसिसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घरघरसम्म पुर्‍याउन आवश्यक गर्ने ट्रान्समिसन बनाउन स्वीकारिएको बताए ।
यसैबीच, उनले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने बताएका छन् । कांग्रेस वाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताए । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको उनले बताए । गृहमन्त्री खाँणले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका दललाई पनि मूलधारमा आउन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width