पोखरा । नेपाल पत्रकार महासंघको आयोजनामा होली पर्वलाई उल्लासमयरुपमा मनाइएको छ । रङहरुको पर्व होली पत्रकारबीच आपसमा रङ लगाएर शुभकामना साटासाटा गरी मनाइएको हो ।
पत्रकार महासंघको परिसरमा बिहीबार भेला भएका कास्कीका पत्रकार एकअर्कामाथि विभिन्न प्रकारका रङ दल्दै शुभकामना साटासाट गर्न व्यस्त भए ।
नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये होलीको आफ्नै किसिमको महत्व रहेकाले पत्रकार महासंघले होलीको आयोजना गरेको महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । होली पर्वको नाममा समाजमा विकृति तथा विसंगति सृजना हुन नदिन र होलीलाई सौहार्दपूर्ण माध्यमवाट सम्पन्न गर्नका लागि पत्रकारको कलम चनाखो हुनुपर्ने बताइन् ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला २ वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो ।
महासंघ कास्की सचिव माधव बरालले आपसी भाइचारा, सौहार्दताका लागि पत्रकारबीच होली पर्व मनाइएको बताए ।
Related News
सम्बन्धित समाचार
प्राडा पाठकको पदभार
करार र काजले भरिएको पोखरा महानगर
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पोखरा महोत्सव : विद्यालयस्तरीय लोकनृत्य सुरु
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
hero news full width
मुख्य समाचार
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१