लाहाचोकमा माछापुच्छ्रे कप सुरु

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७८
machha cup

हेमजा । माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, लाहाचोकको आयोजनामा बिहीबारदेखि माछापुच्छ्रे कप–२०७८ सुरु भएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले लाहाचोकसँग आफ्नो सामीप्यता रहँदै आएको बताए । मन्त्री खड्काले प्याराग्लाइडिङको प्रवद्र्घनका लागि स्थानीय अर्मला देउराली डाँडाको महत्व रहने चर्चा पनि गरे ।
पोखरा क्षत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण निकट भविष्यमै सराङकोट लगायतका क्षेत्रबाट हुँदै आएका प्याराग्लाइडिङ उडान बन्द हुन लागेको तर्फ संकेत गर्दै मन्त्री खड्काले त्यसको विकल्पका रुपमा अर्मला देउराली डाँडालाई उभ्याउन सक्नुपर्ने पनि औंल्याए ।
माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले प्रतियोगितालाई निरन्तरता दिनु क्लबको महत्वपूर्ण उपलब्धि भएको चर्चा गर्दै खेल स्वास्थ्यका लागि पनि फलदायी हुने जनाए । उनले तिनै तहको सरकारको समन्वयमा लाहाचोक खेलमैलान स्तरउन्नति अगाडि बढेको पनि चर्चा गरे ।
नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले प्रतियोगिता लगायत लाहाचोकको समग्र विकासका लागि प्रदेश सरकारसँग समन्वय गर्न आफू तयार रहेको स्पष्ट पारे ।
उद्घाटन खेलमा आयोजक ३–० को फराकिलो गोलअन्तरले अघिल्लो चरणमा प्रवेश गरेको छ । जीतका लागि मनिस थापाले भीमाद युवा क्लबलाई पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गर्दै ह्याट्रिक पूरा गरे ।
यसैबीच राम गौतमको नेतृत्वमा अर्मला देउराली डाँडाबाट ६ प्याराग्लाइडिङ उडान गरियो । त्यस्तै योगनाथ बास्तोलाको प्रायोजनमा हेलिकोप्टरबाट पुष्पवृष्टि भयो ।
चैत ६ सम्म जारी रहने प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, खेलाडी, मिडफिल्डर, फरवार्ड लगायत अनुशासित समूहलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लब अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार पानबहादुर जिसीले स्वागत र पूर्व खेल संयोजक तथा सल्लाहकार राजेन्द्र गौतमले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width