लेखनाथ महोत्सवमा वालन नृत्य

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७८
Lekhnath Mahotsav News

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोतिज १७ औं लेखनाथ महोत्सवमा वालन नृत्यले रौनकमय बन्यो । महोत्सवमा पोखरा ३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले वालन नृत्य प्रस्तुत गरेको हो ।
पौराणिक कथा रामायणमा आधारित रहेर विभिन्न देवीदेवताको चरित्र चित्रण गरी प्रस्तुत गरिने नृत्यलाई नै बालन भनिने राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष भुलाप्रसाद भण्डारीले बताए ।
पहिले पहिले मनोरञ्जन माध्यम सीमित हुने भएकाले पनि गाउँघरमा पूजाआजामा यो नृत्य प्रस्तुत गरिने भण्डारीले बताए । हिजोआज प्रविधिको विकाससँगै मनोरञ्जनका विकल्प पनि बढ्दै गएको र यस नृत्यमा कलाकार संख्या पनि अन्यमा भन्दा धेरै आवश्यक पर्ने भएकाले हाल लोप हुने अवस्थामा पुगेको छ ।
स्थानीय क्षेत्रको विकास एवं कला संस्कृति संरक्षण र प्रर्वद्धनका लागि महोत्सवमा विभिन्न कार्यक्रम सञ्चालन गरिंदै आएको भए पनि परम्परागत नृत्य प्रस्तुतिले दर्शकका लागि छुट्टै अनुभुति दिलाएको थियो ।
बिहीबार होली परेकाले महोत्सवमा आएका दर्शकसमेत रंगिएका थिए । बिहीबारमात्रै २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको र ५० लाख बराबरको कारोबार भएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । हालसम्म महोत्सवको १ लाख २७ हजार दर्शकले अवलोकन गरेको र ३ करोड ५५ लाख बराबरको आर्थिक कारोबार भएको उनको भनाइ छ ।
बिहीबार आठौं दिन लोकदोहोरीगायक कुलेन्द्र बिश्वर्मा, अस्मिता डल्लकोटी, शंकर विरही गुरुङ, रिया खड्का, रामजी पौडेल र रतिमाया खड्काले प्रस्तुति राखेका थिए भने हास्यव्यंग कलाकार राजेन्द्र नेपाली र युवराज भण्डारीले प्रहशन प्रस्तुत गरेका थिए ।
राति लाइभ कन्सर्टमा कलाकार सन्तोष बस्याल, ओम गुरुङ र डान्सर रविना गुरुङको प्रस्तुति रौनकता थपेको थियो ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्बृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषिजन्य स्थानीय उत्पादनदेखि अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सूचना लगायतका ३ सय स्टल रहेका छन् ।
चैत्र ७ सम्म संचालन हुने महोत्सवको करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब १० करोडको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width