सेती नदी तिरभिर संरक्षण समूहको ज्ञापनपत्र

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७८
Seti Tirvir Photo

पोखरा । सेती नदी तिरभिर संरक्षण समूहले रामघाट परियोजनामा आफूहरुलाई पनि सहभागी गराउन माग गर्दै महानगरलाई ज्ञापनपत्र बुझाएको छ । समूहमा आबद्ध ८ वटा संस्थाहरुले संयुक्त रुपमा बुधबार ज्ञापनपत्र बुझाएका हुन् । बतास समूहलाई ३५ वर्षका लागि सेती नदीमा ड्याम निर्माण गरेर ढुंगा, गिट्टी, बालुवालगायत सामग्री उत्खनन् गर्न दिने गरी रामघाट परियोजना सञ्चालन गर्न दिन लागेकाले सो परियोजनामा आफूहरुलाई पनि सहभागी गराउन माग गरेका हुन् ।
सेती नदी तिरभिर संरक्षण समूहले परियोजनामा आफूहरुलाई १० प्रतिशत सेयर लगानी दिन माग गरेको छ । त्यस्तै, स्थानीयलाई रोजगारीमा प्राथमिकता, शवदाहको उचित व्यवस्थापन, शौचालय, प्रतीक्षालयलगायत संरचना निर्माणको सुनिश्चितता गर्न माग गरेको छ । माथिल्लो सिद्धमार्ग टोल विकास संस्था, शान्तिवन टोल विकास संस्था, शान्तिवन रामघाट मजदुर समिति, नयाँबजार क्लब, शान्तिदर्शन युवा क्लब, सिद्धमार्ग आमा समूह, शान्ति वन आमा समूह र सिद्धमार्ग टोल विकास संस्थाले ज्ञापनपत्र बुझाएका हुन् ।
समूहले आफ्ना माग पूरा नभए एकताबद्ध भई संघर्षमा उत्रिने साथै त्यसबाट क्षति पुगेमा त्यसको जिम्मेवार स्वयं महानगरपालिका हुने चेतावनी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width