पोखरा । पोखरा १० राममार्गमा अवस्थित मेट्रोपोलिटन एकेडेमीले वार्षिकोत्सव मनाएको छ । कार्यक्रममबीच शैक्षिक सत्र २०७६/२०७७ का विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य इन्द्रराज बरालले विद्यालयले पछिल्लो समय विभिन्न रचनात्मक कार्य गर्दै आएको र यसले सम्पूर्ण विद्यार्थीलाई ऊर्जा दिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाले विद्यार्थीले पढाइको साथसाथै अन्य क्षेत्रमा अघि बढ्नुपर्नेमा जोड दिए । विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद शर्माले पढाइ र अनुशासन विद्यार्थीका १ सिक्काका २ पाटा भएकाले अनुशासित भएर सिक्नुपर्नेमा जोड दिए ।
विद्यालय प्रअ दुर्गाप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षक भावना लामिछानेले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
रचनाले नचाइन् पोखरेली
निर्माण व्यवसायीले बुझाए ज्ञापन
चिसापानी एकता समाजको भेटघाट
महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माघ ५, २०८१