पोखरा । पोखराको कन्या क्याम्पसले गुणस्तर प्रत्यायनकृत (क्युएए ) को मान्यता पाएको छ । विश्व विद्यालय अनुदान आयोगले आयोजना गरेको एक कार्यक्रमबीच कन्या क्याम्पसलाई गुणस्तर प्रत्यायनकृत (क्युएए ) को प्रमाणपत्र प्रदान गरेको हो ।
अनुदान आयोगबाट उक्त प्रमाणपत्र अर्थात् (क्युएए ) प्राप्त गरेपछि कन्या क्याम्पसको शैक्षिक गुणस्तरलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा मान्यता दिइने छ । क्याम्पसले पाएको क्युएएको बारेमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कार्यक्रममा सहभागी हुन कन्या क्याम्पसले पनि विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रण गरेको थियो । कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, नीलकण्ठ माविका प्रधानध्यापक विष्णु सिलवाल,विद्यार्थी संगठनका प्रतिनिधिहरु र स्ववियुका प्रतिनिधिहरु, उपप्रध्यापक र सञ्चारकर्मीहरुको सहभागिता थियो ।
कन्या क्याम्पसका सञ्चालक समितिका अध्यक्ष शिवलाल मल्लले कन्या क्याम्पसले क्युएए प्राप्त गरेपछि सिंगो जिल्लाको शैक्षिक पहिचान र प्रतिष्ठा बढेको धारणा राखे । सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले क्याम्पसले क्युएए प्राप्त गरेपछि यो गुणस्तरलाई कसरी जोगाउने भन्ने चुनौती थपिएको विचार व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
hero news full width
मुख्य समाचार
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१