मैदीताल कृषि सहकारीमा भरत

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७८
Maidi taal Sahakari

लेखनाथ । मैदीताल कृषि सहकारी संस्था, पोखरा–३० अध्यक्षमा भरतप्रसाद तिवारी चयन भएका छन् । संस्थाको प्रथम साधारण सभा एवं अधिवेशनले आगामी ३ वर्षका लागि उनको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति चयन गरेको हो ।
सहकारीको सभा उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले उत्पादनका माध्यमबाट मात्र सहकारी र आबद्ध सेयर सदस्यको सम्मृद्धि सम्भव रहेकाले कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । उद्घाटन क्रममा मन्त्री बरालले तालमा माछाका भुरासमेत छाडेका थिए ।
गौतम ऋषि सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले स्थानीयस्तरमा रहेका सबै समस्याग्रस्त सामाजिक परिवेशको सम्बोधन हुने गरी सरकार र सहकारीले मिलेर काम गर्नुपर्ने बताए ।
वडा ३० का वडाध्यक्ष श्रीराम पोखरेलले वडाले सधैं जनताबीच रहेर काम गर्दै आएको बताए ।
कार्यक्रममा सहकारीका संस्थापक सल्लाहकार ऋषिराम त्रिपाठी, सेयर सदस्य कृष्णप्रसाद तिम्सिना, वडा ३० का वडा सदस्य सोमलाल कँडेल, कल्पना बास्तोला लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष भरतराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भरतप्रसाद तिवारीले गरेका थिए ।
पोखरा वडा २८ ३० र ३१ को संगमका रूपमा रहेको मैदीतालमा कृषिका माध्यमबाट मत्स्यपालन गरी आयआर्जन र पर्यापर्यटन बढाउने उद्देश्यले सहकारी स्थापना भएको हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width