मध्यपहाडीको फेरोमा सम्भावना खोज्दै पोउवा संघ

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७८
pcc

पोखरा । पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान अगाडि बढाएको छ । संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन–अवलोकन भ्रमणसँगै सो सम्भावनाको खोजी गरेको हो । यस क्रममा संघका अध्यक्ष नारायण कोइराला नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा हुँदै स्याङ्जा, लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ, प्युठान, रोल्पा, रुकुम (पूर्व) बागलुङबाट पर्वत हुँदै पोखरासम्मको फेरो लगाएको छ । संघका अध्यक्ष नारायण कोइरालाका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, त्रिवेणी–कोरला राजमार्ग तथा मध्यपहाडी लोकमार्ग निर्माणपछिको व्यावसायिक सम्भावना र साझेदारीको खोजी सुरु गरेको हो ।
‘पोखराको पर्यटन प्रवद्र्धन गर्नु, उद्योग वाणिज्य संघहरुबीच भाइचारा अभिवृद्धि गर्नु तथा व्यवसायमा नयाँ सम्भावनाको खोजी गर्नु अध्ययन अवलोकन भ्रमणको उद्देश्य हो’, फागुन २२ देखि २७ गतेसम्मको भ्रमणको समीक्षा गर्दै भने,‘पोखरा पर्यटकीयमात्रै नभएर व्यावसायिक केन्द्र बनाउने यो निजी क्षेत्रको अभियान हो ।’
भ्रमणको क्रममा पाल्पा, गुल्मी, दाङ, रोल्पा तथा रुकुम (पूर्व) का उद्योग वाणिज्य संघहरुसँग सहकार्य र सम्भावनाबारे अन्तक्र्रियासमेत गरिएको उनले बताए । सबैजसो अन्तक्र्रियाको उपक्रममा व्यवसायीका साझा एजेण्डा, व्यावसायिक साझेदारी तथा नयाँ सम्भावनाहरुको खोजीबारे गहन चर्चा गरिएको उनले जानकारी दिए । सो उपक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पोखरा–पाल्पा र लुम्बिनीबीच पर्यटन प्रवद्र्धनमा सहकार्य गरिनुपर्नेमा जोड दिए ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेल, प्युठानका पूर्वअध्यक्ष राजकुमार कक्षपति तथा दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले मध्यम तथा साना व्यवसायीहरुले भोगेका समस्याहरुबारे निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिए । यसैगरी रोल्पा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोरकुमार आचार्यले महासंघले साना व्यवसायीहरुको हितमा काम गर्न नसकेको स्वीकारे । अध्यक्ष विश्वकुमार चन्दले रोल्पामा पछिल्लो समय व्यवसाय फस्टाउँदै गएको जानकारी दिए । उनले मध्यपहाडी लोकमार्ग निर्माणसँगै रोल्पाको पोखरासँगको व्यापार बिस्तार हुने र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । रुकुम (पूर्व) उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद मल्लले मध्यपहाडी लोकमार्ग निर्माणले पोखरासँगको व्यावसायिक सम्बन्ध बढेको र सडक कालोपत्रे हुनासाथ रुकुम पोखराबाट टाढा नहुने धारणा राखे । १८ सय ७९ किलोमिटर लामो मध्यपहाडीले गण्डकी क्षेत्रका गोरखामा ५३, लमजुङमा ४५, कास्कीमा ८२, बागलुङमा १४० गरी कुल ३ सय ४५ किलोमिटर दूरी समेट्छ । बागलुङ खण्डमा करिब १० किलोमिटर बाटो छोटिँदा यो दूरी घट्न सक्छ । बागलुङको निसीखोला हुँदै यो राजमार्ग रुकुम पूर्वतिर हानिन्छ । रुकुम पूर्वमा मध्यपहाडीको दूरी १ सय २४ किलोमिटर रहेको छ । मध्यपहाडीका कारण रुकुमबाट काठमाडौं र पोखराको दूरी छोटिएको छ । पहिला रुकुम पूर्वका नागरिकहरु तराई हुँदै ३० घन्टा लगाएर काठमाडौं जान्थे अहिले त्यो १४ घन्टामा झरेको छ । रुकुमबाट पोखरा आउन करिब ८ घन्टा लाग्छ । २ सय १० किलोमिटर लामो सहिद मार्ग मध्यपहाडीसँग जोडिँदा रोल्पा, दाङ र प्युठान पनि पोखराबाट नजिक पर्छ । सहिद मार्ग दाङको घोराहीबाट सुरु भएर रोल्पा हुँदै डोल्पा पुग्छ ।
‘पाँचथरबाट सुरु भएर बैतडी पुग्ने मध्यपहाडी र ४ सय ३५ मिटर लामो त्रिवेणी– कोरला सडक नाका बनेसँगै पोखरा झन ठूलो व्यापारिक केन्द्र बन्ने निश्चित छ,’ पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘त्यसैले हामीले अहिलेदेखि नै सम्भावनाको खोजी गरेका हौं ।’ उनका अनुसार भ्रमणको क्रममा विभिन्न जिल्लामा उत्पादन हुने वस्तुहरुको बजारीकरण र ब्रान्डिङमा सहकार्यको सहमति पनि बनेको छ । पोखरालाई पर्यटनको राजधानी बनाउँदै यी दुबै बाटा र हवाइ मार्गसमेत प्रयोग गर्नेबारे पनि सहमति बनेको उनले बताए ।
संघका महासचिव सुरेन्द्रमान विजुक्छेले कोरला नाका निर्माण अगावै यो क्षेत्रबाट निर्यातका सम्भावना भएका वस्तुहरुको पहिचाना गर्नु पनि भ्रमणको उदेश्य भएको बताए । उनले रोल्पा र रुकुम क्षेत्रमा उत्पादन हुने भाँगोदेखि लोक्ता, सिमीदेखि आलुसम्मको बजारीकरणको सम्भावनाबारे छलफल भएको जानकारी दिए ।
‘राजमार्ग निर्माणले स्थानीय उत्पादनको बजारीकरणलाई सरल बनाएको छ,’उनले भने, ‘अब स्थानीयका उत्पादनहरु ठूला बजारसम्म आउन समस्या पर्दैन भन्ने जानकारी पनि यो भ्रमणले गराएको छ ।’ संघका कोषाध्यक्ष बलराम आचार्यका अनुसार संघको प्रतिनिधिमण्डलले ढोरपाटन क्षेत्रको समेत भ्रमण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width